नेभिगेसन मेनु

बाराको तरकारी काठमाडौँमा प्रतिबन्ध
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-27 13:23

6

फागुन १५ गते । बारामा उत्पादित आलु र गोलभेँडामा विषादीको मात्रा अत्यधिक भेटिएपछि काठमाडौँका बजारमा प्रतिबन्ध लगाइएको छ ।

नेपाल सरकारले सूचीकृत गरेको विषादी औषधीको सट्टा कृषि विज्ञको सल्लाहबिना अन्य विषादी औषधी प्रयोग गरेका कारण काठमाडौँको कालीमाटी तरकारी बजारमा यहाँबाट उत्पादित आलु र गोलभेँडा बिक्रीमा प्रतिबन्ध गरिएको कृषि ज्ञान केन्द्र कलैयाका बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताउनुभयो ।

विषादी तरकारीको प्रयोग तथा खपत अन्य जिल्लाको तुलनामा आफ्नै जिल्लामा बढी हुने भएकाले त्यसको असर प्रत्यक्ष रूपमा सिम्रौनगढ र फेटामा परेको छ । सो ठाउँमा २५ देखि ३० जना बालबालिका र युवामा विषादी औषधीको असर देखिएको मियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विषाक्त खानाको कारण सो गाउँका ५ वर्षदेखि ४० वर्ष उमेर समूहमा मानिसमा सुस्तमनस्थिति, किड्नीमा समस्या, अन्धोपन, उच्च रक्तचाप, हातखुट्टा बाङ्गो हुने जस्ता समस्या देखिएको छ ।” 

मियाँका अनुसार चम्किलो, सुन्दर, राम्रो र आकर्षित हरियो तरकारीमा विषादीको मात्रा बढी रहन्छ । उहाँ बजारमा बिव्रmीका लागि राखिएको मलिन, किरा लागेको तरकारी प्रयोग गर्न वा अर्गानिक मलबाट उत्पादन गरेको वस्तु उपभोग गर्न उपभोक्तालाई सल्लाह दिनुभयो । 

यसै गरी मधेश प्रदेशको आठ वटै जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीबाट १९० वटा कृषि उत्पादित वस्तुको नमुना सङ्कलन गरी जाँच गर्दा ४५ प्रतिशत खानयोग्य नरहेको बाली संरक्षण प्रयोगशाला सिराहाका कार्यालय प्रमुख मोहन महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “३४ प्रतिशत खानयोग्य र ३५ देखि ४५ प्रतिशत हरियो तरकारी क्वारेन्टाइनमा पाँचदेखि सात दिन राखेपछि खानयोग्य भएको पाइयो ।” विगत दुई वर्षदेखि कृषिजन्य पदार्थलगायतका वस्तु जाँच शीर्षकमा बजेट नआएका कारण नवलपुर, जलेश्वर र वीरगन्जको प्रयोगशालामा विषादी जाँच नभएको महतोले बताउनुभयो ।

नेपालमा खपत हुने विषादीको पाँच भागको चार भाग तरकारी खेतीमा प्रयोग हुने गरेको तथ्याङ् केही वर्षअघि नै सार्वजनिक भएको थियो । बाली संरक्षण निर्देशनालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ पोखरा र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले २०७५ वैशाख ११ गते पोखरामा गरेको तरकारी तथा फलफूलमा विषादीको अवशेष र द्रुत विश्लेषण’ सम्बन्धी कार्यव्रmममा सार्वजनिक गरेको थियो ।

सन् २०१५/१६ मा ५७५ टन विषादी नेपालमा खपत भएको थियो, त्यसमध्ये ८० प्रतिशत भन्दा बढी विषादी तरकारीमा मात्र प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयका निर्देशक अच्युतप्रसाद ढकालले तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो । हरेक वर्ष ६९ करोड रुपियाँ बराबरको विषादी खपत हुँदै आएको उहाँले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर