नेभिगेसन मेनु

'कांग्रेसको समुदायमा जाऔँ, जनताका कुरा सुनौँ' अभियान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-31 18:03

congress-abhiyan

माघ १६ गते । नेपाली कांग्रेसको अभियान मधेश प्रदेशको ८ वटै जिल्लाको सबै वडामा मङ्गलबारदेखि सुरु भएको छ । नेपाली कांग्रेसको 'समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ अभियान माघ १६ गते देखि २६ गतेसम्म जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न कार्यक्रम अनुसार मधेश प्रदेशको ८ वटै जिल्लाको सबै वडामा सञ्चालन गरिएको हो।

अभियान सञ्चालनका लागि केन्द्रीय सदस्यहरू पर्साका किरण यादव, बाराका अनिल रुकटा, रौतहटका अजय सिवाकोटी, सर्लाहीका गणेश लामा, महोत्तरीका पदमनारायण चौधरी, धनुषाका राजीव ढुङ्गाना, सिराहाका अमृत अर्याल र सप्तरीका लक्ष्मी खतिवडा केन्द्रबाट खटिएका केन्द्रीय सदस्यहरू आ–आफ्नो वडा स्तरमा विभिन्न कार्यक्रम गरी सहिद दिवसको अवसरमा  गरिएको नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभागको प्रमुख नीतेशकुमार गुप्ताले बताउनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिहरू नेपाली कांग्रेस आजदेखि मधेश प्रदेशका सबै वडामा जिल्ला नेतृत्वका साथीहरू गएर हरेक तह तप्कासँगको विचार भावनालाई बुझ्ने एवम् नागरिकका गुनासा सुनेर टिपोटहरूलाई सङ्ग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानमा लाग्ने उहाँले बताउनुभयो ।

यस कार्यक्रम मधेश कांग्रेस प्रतिनिधि खटाएको प्रदेश सदस्यहरू जिल्लाका सम्पूर्ण पदाधिकारीहरू, नगर सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरू, पूर्व पदाधिकारी, सङ्गठनका जिम्मेवार पदाधिकारीहरूलाई परिचालन गरी सबै वडामा प्रतिनिधि खटाएकाे छ । 

नेपाली कांग्रेस मधेश प्रदेश अन्तर्गत रहेको आठ जिल्ला सभापतिको अध्यक्षतामा सबै वडामा अभियान सञ्चालन गर्ने निर्णय भएको प्रचारप्रसार विभाग प्रमुख गुप्ताले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर