नेभिगेसन मेनु

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-09 14:11

madhesh-lok-sewa

माग २६ गते । लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोकसेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । 

सूचना नं. १६४– २०८०/८१ प्रकाशन मिति २०८०।१०।२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०।१०।२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो । आयोगको मिति २०८०।१०।२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर