नेभिगेसन मेनु

‘जहाँ कुष्ठरोगीसँग समान व्यवहार गरिन्छ’
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-30 14:18

7

माघ १६ गते । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२, सिनरजोडाका ६२ वर्षीय रामकरण दासलाई कुष्ठरोग लागेको बेला घरपरिवार र समाजले गरेको दुव्र्यवहार अझै सम्झना छ । गाउँमा छरछिमेकसँगै आगो ताप्दै गरेको अवस्थामा भेटिएका दासलाई ४० वर्षअघि ठिटो उमेरमा कुष्ठरोग लागेको थियो । 

त्यस बखत घरपरिवारदेखि गाउँसमाजबाट निकै दुव्र्यवहार खेप्नु परेको उहाँ बताउनुहुन्छ । घरपरिवारका सदस्यले खाने थाल र बस्ने, सुत्ने ठाउँसमेत अगल गरिदिएको विगत सम्झँदै उहाँले भन्नुभयो, यो रोग लागेको थाहा पाएपछि केही वर्षअघि मात्र विवाह गरी ल्याएको श्रीमती पनि छोडेर गइन् । गाउँसमाज तथा आफन्तले रोग सर्ला भनेर कोही नजिक नआउने गरेको दासको बुझाइ छ । त्यसबेला कोही कुरा गर्न नमान्ने, सँगै आगो ताप्न नदिने, भोजभतेरमासँगै खान नदिने, नाइले समेत कपाल काट्न नमान्ने गरेको दुखान्त उहाँले सुनाउनुभयो । अहिले भने यहाँका मानिसमा चेतनाको विकास भएपछि पहिला जस्तो हेला खेप्नु नपरेको उहाँको भनाइ छ । “यद्यपि कसैले आवेगमा आएर ‘कुष्ठीबाला’ भनिदिँदा छाती फाटेर आउँछ,” उहाँले भन्नुभयो । 

कुष्ठरोगप्रतिको धारणा बदल्न दास आफू पनि सव्रिmय हुनुहुन्छ । गाउँघरमा कुष्ठरोगलाई अघिल्लो जन्मको पाप भनी कुष्ठरोग लाग्ने बितिक्कै घरपरिबारबाटै अलग्गै राख्ने विगतको सामाजिक कुरीतिका विरुद्ध उहाँ लाग्नुभएको छ । दास सिनगरजोडा स्वयम् सहायता समूहका संयोजकसमेत हुनुहुन्छ । कुष्ठरोग मुक्त, हात्तीपाइले र अपाङ्गता भएका व्यक्ति गरी २५ जना सो समूहमा आबद्ध छन् । समूहका सदस्यले कुष्ठरोगप्रतिको नकारात्मक धारणा हटाउन जनचेतना फैलाउने र समाजमा पुनस्र्थापित हुने कार्य गरिरहेका छन् । 

सोही ठाउँकी ५० वर्षीय रामरसी दासलाई पाँच वर्षअघि कुष्ठरोग लागेको थियो । स्वास्थ्य जाँचपछि नियमित औषधी सेवन गरेपछि उहाँको रोग निको भएको छ । उहाँले सो रोग हुँदा कतैबाट हेला खेप्नु नपरेको बताउनुभयो । घरका सदस्यले औषधोपचार गराउन लैजाने र सँगै खाने बस्ने गरेको रामरसीले सुनाउनुभयो । 

कुष्ठरोग लागेका व्यक्तिलाई कतिपय ठाउँमा अझै घृणाको दृष्टिकोणले हेरिन्छ । माइव्रmोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोग समयमै उपचार गराएमा पूर्ण रूपमा निको हुन्छ । देशका अधिकांश ठाउँमा कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगी आफ्नो रोग लुकाउन तथा समाजमा खुल्न सकेका छैनन् । 

धेरै ठाउँका कुष्ठरोगी घरपरिवार र समाजबाट अपहेलित भइरहेका बेला धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा भने त्यस्तो अवस्था छैन । यहाँका कुष्ठरोगीलाई समाजले समान व्यवहार देखाएका छन् । जसले गर्दा कुष्ठरोग लागेका व्यक्ति आफूलाई कुष्ठरोग लागेको भन्न हिचकिचाउँदैनन् । कुष्ठरोगीसँगै बस्ने, सँगै खानेलगायत हरेक व्रिmयाकलापमा सबैजना सहभागी हुन्छन् । सिगरजोडा हेल्थपोस्टका इन्चार्ज कृष्णप्रसाद यादवले कुष्ठरोगीसँग गरिने पहिला जस्तो भेदभाव अहिले नरहेको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी यसै पालिकामा पहिचान गरिएको बताउँदै उहाँले सिनरजोडा गाउँमा मात्र छ जना सव्रिmय कुष्ठरोगी रहेको जानकारी दिनुभयो । कुष्ठरोग औषधी सेवन गरेपछि निको हुन्छ र सर्दैन भन्ने चेतनाको विकास भएको उहाँको भनाइ छ । 

लालगढ कुष्ठरोग अस्पतालका सामुदायिक स्वास्थ्य तथा विकास विभाग प्रमुख रमेश चौधरीले  कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन भइरहेको बताउनुभयो । कुष्ठरोग उपचारबाट निको हुने रोग भएकाले यो कुनै अघिल्लो जुनीको पाप नभएको जानकारी दिन जनचेतना, मनोविमर्श शिविर चलाउने गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले कुष्ठरोगी, हात्तीपाइले र अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही तथा बागमती प्रदेशको सिन्धुली जिल्लामा गरी ११५ वटा स्वयम् सहायता समूह गठन गरिएको छ । समूहमार्फत उहाँहरूको आर्थिक, सामाजिक र सम्मानपूर्वक बाँच्न सहयोग पुगेको छ । उहाँहरू आर्थिक रूपले सबल बन्न समूह बचत गर्ने गरेको बताउँदै चौधरीले प्रत्येक समूहलाई ७५ हजार रुपियाँ आर्थिक सहयोग गरेर बिउ पुँजी खडा गरिदिएको बताउनुभयो । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशको आठ वटै जिल्लामा गरी ९४५ जना कुष्ठरोगी छन् । जसमध्ये सबभन्दा बढी १६७ जना धनुषामा पहिचान गरिएको छ । त्यस्तै रौतहटमा १५३ जना, सर्लाहीमा १२३ जना, सिराहामा ११८, पर्सामा ११३, बारामा १०९ र सप्तरीमा सबैभन्दा कम ६८ जना कुष्ठरोगी रहेको निर्देशनालयको आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर