नेभिगेसन मेनु

खडेरीका लागि परालको जोहो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-07 12:31

Ghas-paral-joho-photo

माघ २४ गते । सुक्खापन बढेपछि सर्लाहीका किसान घाँसका रुपमा परालको जोहोमा लागेका छन् । यहाँको धान खेती बढी हुने वसन्तपुर, हरिपूर्वा, कालिन्जोर, जब्दी, हरिपुर क्षेत्रमा परालका कुन्यूँ (थाक) बनाएर राखिएको छ । ती पराल खरिद गर्नका लागि पशुपालक किसान धमाधम आउन थालेका छन् । 

यो वर्ष पनि हिउँदे वर्षा नभएर खडेरी लम्बिने सङ्केत देखिएपछि किसान परालको जोहोमा लागेका हुन् । लालबन्दी नगरपालिका–५, मेजरगन्जका सुमन कार्कीले गएको मङ्सिरमा १० हजार रुपियाँमा एक बिघाको पराल किनेर राखेपनि खडेरी थप लम्बिने देखेपछि छ हजार रुपियाँमा फेरि १० कठ्ठाको पराल किनेर राखेको बताउनुभयो ।

धान भित्र्याउनेयाममा पराल प्रतिकठ्ठा ५०० रुपियाँमा बिक्री भए पनि अहिले भाउ बढेर प्रतिकठ्ठा ६०० रुपियाँ पुगेको छ । धान भित्र्याएर खेतमै कुन्यूँ लगाएर राखेको कृषकको पराल अहिले धमाधम बिक्री हुन थालेको छ ।

भैँसीपालन गर्नुभएका कार्कीले अहिलेसम्म त धेरथोर हरियो घाँस पाइरहेको भए पनि फागुनदेखि असारसम्म हरियो घाँस पाउनै मुस्किल पर्ने बताउनुभयो । धान खेतीका लागि जिल्लामा प्रसिद्धि कमाएको वसन्तपुर र हरिपूर्वा क्षेत्रका अधिकांश किसानको पराल अब सुक्खा बढ्दै गएपछि बिक्री हुने गरेको छ ।

हरिपूर्वा नगरपालिका–४, धनकौल पूर्वारीका लखन राय यादवले धार भित्र्याउने असोज, मङ्सिरमा सबैतिर पराल पाइने भए पनि खडेरी बढ्दै गएर घाँसको अभाव भएपछि धेरै मानिस आफूहरुको क्षेत्रमा पराल खोज्दै आउने गरेको बताउनुभयो । आफूले १३ कठ्ठाको पराल एक साताअघि सात हजार आठ सय रुपियाँमा बिक्री गरेको रायको भनाइ छ ।

गाई, गोरु, भैँसी र पाडापाडी पाल्ने किसानले खडेरीका लागि जोखो गर्न पराल किनेर गोठ तथा कुन्यूँ बनाएर सुरक्षितसँग पराल राख्ने गरेका छन् । ईश्वरपुर नगरपालिका–८, रामपुरका किसान तिलक विश्वकर्माले आफू पनि पराल खोज्दै हरिपूर्वा पुगेको बताउनुभयो ।

एउटा भैँसी पाल्नुभएका विश्वकर्माले आफ्नो आठ कठ्ठामा लगाएको धानले परालले नपुग्ने जस्तो भएपछि पराल खोज्दै हिँडेको सुनाउनुभयो । विश्वकर्माले परम्परागत ढङ्गले पशुपालन र खेतपातीमा लगानी बढ्दै गएको गुनासो गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर