नेभिगेसन मेनु

बढ्दै कविताप्रतिको रुचि
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-14 14:18

Untitled-1 (3)

पुस २९ गते । राम्रो कविता लेख्दा कसलाई सुनाउने होला भनेर अब भौँतारिँदै हिँड्नु पर्दैन । अहिले आफूले सिर्जना गरेका कविता पुस्तकमा प्रकाशन नहुँदै सुनाउन सकिन्छ ।  औपचारिक कार्यक्रम गरेर नै कविले एकल कविता वाचन गर्ने गरेका छन् । विभिन्न मेला महोत्सवमा समेत चलचित्रका पर्दामा देखिने कलाकारभन्दा कविलाई प्रत्यक्ष हेर्न र सुन्न चाहनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । केही वर्षयतादेखि श्रोता र पाठकको अभावमा साहित्यकारले  मन खिन्न पार्न पर्ने अवस्थाको अन्त्य भएको छ । राम्रा रचना र सिर्जनालाई कार्यक्रमस्थलले नै ठुलो चौतारी उपलब्ध गराएको छ ।

पर्दामा देखिने कलाकारलाई जस्तै साहित्यकारका पनि यस्ता माध्यममा लाखौँ दर्शक अनुयायी हुन थालेका छन् । (साहित्यका सबै विधाले सधैँ बजार लिएका हुँदैनन् । कहिले कथा त कहिले कविताका कृतिले बजार तातेको हुन्छ भने कहिले गीत, गजल अनि आख्यानले बजार लिइरहेको हुन्छ । पछिल्ला दिनमा नेपाली साहित्यिक बजारमा कविताको रुचि बढ्दै गएको छ ।) केही समय पहिले आख्यानको लोकप्रियता निकै बढी थियो तर अचेल घट्दै गएको छ भने कवितालाई धेरैले आफ्नो रुचिको विषय बनाउन थालेका छन् । साहित्यमा वैचारिक मतभेद र बौद्धिक विमर्श हुनु स्वाभाविक हो तर अहिले नेपाली साहित्यमा कविता र आख्यानबिचको परस्परका आक्रामक छेडछाडले आलोचनात्मक बहसको उत्पìिा भएको छ । 

अहिले आख्यान र कविता दुवैमा कलम चलाउनेहरूमा एउटा विरोधाभासपूर्ण स्थिति आएको  छ । कविहरू उनीहरूलाई आख्यानकार मान्छन् र आख्यानकारहरू उनीहरूलाई कवि ।  एउटा जामाना थियो, जहाँ कविलाई पारिश्रमिक नदिईकनै एकल कविता वाचन गराइन्थ्यो तर अहिले समय बदलिएको छ । कविहरूले आफ्ना केही तौरतरिका बदलेका छन् र उनीहरूले छिटोभन्दा छिटो कविताबाट मुनाफा पनि पाउने गरेका छन् ।   साहित्यकार महेश पौडेल भन्नुहुन्छ, “कविता सानो आकारको हुने र मान्छेलाई कवितामार्फत आफ्नो कुरा व्यक्त गर्न सजिलो हुने भएकाले पनि यसको बजारमा चर्चा बढी भएको हो ।” उहाँले थप्नुभयो, “प्रकाशकहरू आख्यानको पछाडि छन्, आख्यान अलिकति गैर साहित्यिक मान्छेले पनि पढ्ने गरेका छन् । बजारमा प्रकाशकहरूले आफ्नो बिक्री धेरै हेर्ने हुनाले आख्यानको लोकप्रियता घटे पनि यस बिक्रीमा भने खासै असर नपरेको हो ।” कवितालाई निरन्तरता दिइरहेका पुराना पुस्ता र सम्भावना बोकेका नयाँ पुस्ताले गर्दा पनि अहिले कविताको बजार तातेको छ । अहिले बजारमा आख्यान बिक्री कम भएको उहाँले बताउनु भयो । 

कवि गीता कार्की भन्नुहुन्छ, “अहिले राम्रा राम्रा कविहरू नयाँ नयाँ शैली, विम्ब लिएर आएका छन् । त्यसले गर्दा पनि कविताको बजारमाथि उठेको हुन सक्छ । आख्यानको पनि बजार छ तर कविता एउटा सूत्रात्मक विद्या भएको हुनाले छिटो लेखिने एउटा काव्यात्मक अभिव्यञ्जना भएको कार्कीले बताउनुभयो । आख्यान र कवितामा उपस्थितिको हिसाबले कवितामा नै दर्शक बाक्ला देखिने उहाँको ठम्याइ छ । कविता भनेको जसले, जहिले चाह्यो लेख्न सक्ने कुरा नभएको कवि कार्कीले ठम्याउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर