कमरेडबाट रातारात जय नेपाल बनेर दुई वर्षे कार्यकालका लागि ०७९ साउनमा चलचित्र विकास बोर्डमा पुगेका भुवन केसी फेरि अर्काे लफडामा मुछिएका छन् । नियामक निकायमा बसेर आफैँले सिनेमा निर्माणको तयारी थालेसँगै उनको अर्काे निर्णय विवादमा परेको हो । झण्डै ७५ लाख खर्चेर विकास बोर्ड आफैँ सिनेमा निर्माणको तयारीमा लागको छ ।
यसनिम्ति सरकारबाट ७५ लाख रूपैयाँ बजेटसमेत प्राप्त भइसकेको जनाइएको छ । नेपाली कला, संस्कृति, संस्कार, परम्परा तथा इतिहास झल्काउने सिनेमा निर्माणका लागि अहिले धमाधम कार्यविधि बन्दै छ । विकास बोर्डले भने आयल निगमले आफैँ पेट्रोल पम्प चलाउन हुने, बोर्डले फिल्म बनाउन किन नहुने भन्ने तर्क पेश गरेको छ । गोपीकृष्णनगरस्थित चलचित्र विकास बोर्डमा केसीका १५ महिना बितिसकेका छन् ।
राज्यकोष तन्नम भएर सरकारी खर्च २० प्रतिशत कटौती गर्ने निर्णय भइरहँदा बोर्डले ३० लाख खर्चेर आयोजना गरिरहेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी विवादित निजी कम्पनी सूर्य कर्पोरेशनलाई दिइएको थियो । बाबु आयोजक, छोरालाई अतिथि, ठगीमा मुछिएको र अनुसन्धान चलिरहेको कम्पनीलाई ३० लाखको ठेक्का र पत्नीलाई पनि आयोजककै खर्चमा दुबई यात्रा ।
फिल्मको कथा सारांश स्वीकृत गरेर विकास बोर्ड आफँैले निर्माण गर्न अनुमति दिएको एक भागवत गीता फिल्मलाई प्रदर्शनको मुखैमा आएर अवरोध गरेपछि फिल्मकर्मीकै शब्दमा भुवनले कालो इतिहास बनाएका थिए । यस्तै बदमासीहरूका कारण विकास बोर्डको २३ औं बार्षिकोत्सव कार्यक्रमसमेत अधिकांश सिनेकर्मीहरूले बहिष्कार गरेको इतिहास छ ।
कमरेडबाट काँग्रेस बनाएर विकास बोर्डको कुर्सीमा पु¥याउने निर शाहसमेत केसीका पछिल्ला गतिविधिबाट सन्तुष्ट छैनन् भनिन्छ । निर्माता संघको बार्षिकोत्सबमा शाहले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कुर्सी खोसिदिने चेतावनी नै दिएका थिए ।