नेभिगेसन मेनु

नेपाली हास्य कलाकार अमेरिकामा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-25 12:59

comedy-chamion-america-ma

हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापाले अमेरिका यात्रा गर्ने भएका छन्  । ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारहरू अर्को हप्ता त्यसतर्फ जान लागेका छन् । उहाँहरू सबै चर्चित हास्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ सँग आबद्ध छन् ।

यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुने आयोजक संस्थाका विनोद अधिकारीले बताउनुभयो । कार्यक्रममार्फत मनोरञ्जनसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । “यो कार्यक्रम भनेको परदेशलाई घर देशसँग जोड्ने कार्यक्रम हो । 

एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसवर्ग, मेरिल्यान्ड, पिट्र्सवर्ग, कोलम्बस, एक्राेन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलाराडो, सिकागो, मिचिगन, ह्युस्टन, डल्लास, अस्टिन, लसभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि सहरमा कार्यक्रम तय भइसकेको आयोजकले दाबी गरेको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर