एउटा एस्तो कबिता लेख्न मन छ
जुन कबिताका शब्द हरु मैले श्रीजना गरेको होस
अनि पङ्तीहरु लज्जाबती झार झै लजाउदै
तिम्रै रुपको वर्णन गरोस
मदहोस बनोस
शब्द हरु आफै आफैमा बेहिसाब प्रेममा परोस
संगित रचोस
सर्गम लगावोस
एक आपस मै
पुर्ण होस
तृप्त होस
प्रेमको प्रतीक मानिने गुलाबलाइ सुनावोस यी कबिताले
तिम्रै सौन्दर्यको कुरा
हिमालको काखमा मुस्कुराइरहेका गुराँसलाइ भनोस
तिमि मुस्कुराइरहदा प्रकृति मुस्कुराएको कथा
मदिराको प्रतेक मातलाइ सुनावोस
तिम्रो नयनको मातले दिएको अनन्त आनन्द
संगितलाइ सुनावोस
तिम्रो आवाजबाट गुन्जेका काल्जय प्रेमिल धुनहरु
निस्चल कंचन बगिरहेको खोलालाइ यथार्थ चित्रण गरावोस
तिम्रो पबित्रताको रहस्य
बन जङ्गललाइ सुनावोस
तिम्रो समिप्यताको सितलता
म चहान्छु मेरा कबिताका शब्द हरुले तिमिलाइ नै लेखिरहोस
तिमिलाइ नै सोचिरहोस
तिमी मै हराइरहोस
हो एसरी नै मलाई एउटा कबिता लेख्न मन छ
जहाँ मेरो तिमिप्रति प्रेमको कुरा होस
अजर अमर प्रेमका कुरा
औलालाई नङ जस्तै प्रेम
आखालाइ दृश्य जस्तै
ओठलाइ मुस्कान जस्तै
कण्ठलाइ ध्वनी जस्तै
मनलाइ बिस्वास जस्तै
मस्तिष्क लाई सोच जस्तै
एस्तै एस्तै बेहिसाब प्रेमका कथा बोकेका कबिता लेख्न मन छ
र तिमिलाइ सुनाउन मन छ
अङ्गालो हालेर साउती स्वरमा
मैले लेखेको प्रेमको कबिता