अदालतबाट बलात्कारी ठहरिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गर्दै ८ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट तीन लाख जरिवानासहित पीडितलाई पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गर्दै उनलाई निलम्बन गरेको जनाएको छ ।
जिल्ला अदालत काठमाडौंले ०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै उनलाई १३ पुसमै दोषी ठहर गरेकोमा बुधबार सजाय सुनाएको हो ।