नेभिगेसन मेनु

दोस्रो चीन-नेपाल मिडिया सम्मेलन सम्पन्न, विश्वव्यापी पत्रकारिताको समीक्षा र विश्लेषण
सम्पादक:南亚网络电视
समय:2023-12-26 18:05

IMG_9604

दोस्रो नेपाल चाइना मिडिया सम्मेलनमा राष्ट्रिय गान प्रतिको सम्मानमा देखाउँदै प्रतिनिधी मण्डल । तस्बिर - विशाल श्रेष्ठ / एस् ए टि भी

काठमाण्डौ, पौष १० । साउथ एसिया नेटवर्क टि भी (एस् ए टि भी ) ले आयोजना गरेको दोस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनलाई नेपालस्थित चिनियाँ दूतावासले निर्देशन गरेको थियो भने नेपाल चाइनिज इन्टरप्राइज एशोसियसन र नेपाल ओभरसिज चाइनिज एसोसिएसनले संयुक्त रुपमा सहायोजना गरेको हो। 

बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सव र नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंको लाजिम्पाटस्थित होटेल मल्लमा कार्यक्रमको आयोजना गरिएको थियो। सम्मेलनमा सहभागी मिडिया तथा पत्रकारहरुलाई पत्रकारिताका विश्वब्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गर्दै त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने र दुई देशका मिडियाबीचको आदन प्रदानलाई  अझै प्रगाड बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको,आयोजक एस् ए टि भीले जनाएको छ। 

IMG_9616

कार्यक्रममा नेपालको पर्यटन क्षेत्र, सांस्कृतिक क्षेत्र, पूर्वाधार विकास र बदलिँदो जनसम्बन्धमा एस् ए टि भी लगायत अन्य चिनीयाँ सञ्चारमाध्यमले निर्वाहा गरेको उल्लेखनीय भूमिकाबारे प्रकाश पारिएको थियो । साथै सम्मेलनमा दुवै देशको समृद्ध भविष्यकोलागि भावी योजनाहरु समेत छलफल गरिएको थियो।

IMG_9966

सम्मेलनले मिडिया एकीकरण, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयमा गहिरो छलफल सञ्चालन गर्दै दक्षिण एसियाली मिडिया विकासको उज्ज्वल भविष्यको लागि दुवै देशका सञ्चार माध्यमलाई संयुक्त प्रयास गर्न नवीन मंच प्रधान गरेको छ। 

IMG_9633

नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री, रेखा शर्माको प्रमुख आतिथ्यमा समापन भएको सम्मेलनमा चिनियाँ दूताबासका राजनीतिक कन्सुलर वाङ सिन्, सम्माननीय प्रधानमन्त्री ज्यूका प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको विशिष्ट उपस्थिति रहेको थियो।

IMG_9697

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले दुई देशका मिडियाबीचको सहकार्यलाई सकारात्मक जोड दिँदै जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु पर्ने सरकारको बुझाइ रहेको उल्लेख गर्नु भयो। " मिडियामा आउने आलोचना र खबरदारीले मात्र सरकारलगायत राजनीतिक शक्तिहरुलाई गलत बाटोमा जानबाट रोक्नसक्छ " शर्माले बताउनु भयो।

IMG_9797

त्यस्तै कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालको सञ्चार प्रविधिको सन्दर्भमा नेपालले एउटा नयाँ आकांक्षकासाथ आफूलाई अगाडि बढाइरहेको बताउनु भयो । उनले दोस्रो चाइना नेपाल मिडिया समिटबाट नेपालले लिने चीनको प्रविधिसँग जोडिएकमा अनुभवहरू र उत्पादन दुवै नेपालको लागि उपयोगी हुने बताए । 

IMG_9939

त्यसैगरी शिखर सम्मेलनमा सिन्ह्वा समाचार एजेन्सी,चाइना सेन्ट्रल रेडियो र टेलिभिजन स्टेशन लगायत नेपालका ४२ चिनियाँ संघसंस्था सहभागी थिए भने नेपाल राष्ट्रिय समाचार समिती, नेपाल टेलिभिजन र जनआस्था जस्ता ३३ नेपाली मूलधारका मिडियाहरूको सहभागिता रहेको थियो।

IMG_9504

विभिन्न मिडियाका प्रतिनिधित्व गर्दै सम्मेलनमा उपस्थित भएका पत्रकारहरुले सञ्चार निर्माण र प्रभावकारितामा विशेष वार्तालाप गरेका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर