नेभिगेसन मेनु

आलोचना र खबरदारीले सरकारलाई सही मार्गदर्शनमा लैजान्छ: मन्त्री शर्मा
सम्पादक:南亚网络电视
समय:2023-12-26 18:10

IMG_9697

काठमाडौ, पौष १० ।  नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडियामा आउने आलोचना र खबरदारीले मात्र सरकार र अन्य राजनीतिक शक्तिहरूलाई गलत बाटोमा जानबाट रोक्न सक्ने बताउनु भएको छ। मंगलवार काठमाडौंको लाजिम्पाटस्थित होटेल मल्लमा, साउथ एसिया नेटवर्क टि.भीले आयोजना गरेको “दोस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलन” मा बोल्दै उहाँले सरकारलाई मिडियाको खबरदारी जरुरी रहेको खुलाउनु भएको हो।

दुई देशका मिडियाबीचको सहकार्यलाई सकारात्मक जोड दिँदै जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु पर्ने सरकारको बुझाइ रहेको छ। " मिडियामा आउने आलोचना र खबरदारीले मात्र सरकारलगायत राजनीतिक शक्तिहरुलाई गलत बाटोमा जानबाट रोक्नसक्छ " शर्माले बताउनु भयो।

IMG_9893

उहाँले कार्यक्रम मार्फत, जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको समेत जानकारी गराउनु भएको छ। 

मन्त्री शर्माले पछिल्ला दिनहरुमा विश्वभरि देखिएको आर्थिक सङ्कुचनको असर मिडियामा पनि परेको भन्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगले निम्त्याएका चुनौतीको सामना गर्नु नेपाल-चिन, दुवै देशका मिडियाको साझा सरोकार रहेको खुलाउनु भयो।

IMG_9904

मिस इन्फरमेसन, डिस इन्फरमेसन, माल इन्फरमेसन र हेट स्पिच प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा गम्भीर चुनौतीको रुपमा देखा पर्दै गएको अवस्थामा, सरकारले स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासलाई मुख्य ध्येय बनाएर पुराना कानुनहरुको एकीकरण तथा परिमार्जन गरी नयाँ एकीकृत कानुन निर्माणको प्रक्रिया अघि बढाएको मन्त्री शर्माले बताउनु भयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर