नेभिगेसन मेनु

नेपाल–भारत सम्बन्धलाई नवनिर्मित राम मन्दिरले अझै प्रगाढ बनाउने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-22 13:02

Ram_mandir

पुस ६ गते । प्राचिन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो । जनकपुरधाम र आयोध्याले दुबै देशको सम्बन्धलाई परापूर्वकालदेखि जोडेको छ भने अझै पनि नेपाल र भारतबिच बैवाहिक सम्बन्ध कायम रहेको छ ।

त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता जानकीसँग आयोध्याका राजा दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान रामको विवाह भएदेखि दुई देशको सम्बन्ध धार्मिक, सांस्कृति, व्यापारिक र पारिवारिक रुपमा जोडिएदेखि नै दुई देशको सम्बन्ध गाँसिएको हो । त्यही परम्परालाई कायम राख्दै अझैं पनि नेपाल र भारतबिच बैवाहिक सम्बन्ध चल्ने गरेको छ ।

अहिले पनि मधेशी भूभागमा बसोबास गर्ने अधिकांश नेपाली नागरिकको विवाह भारतमा हुने गरेको पाइन्छ । भारतमा चेली विवाह गर्ने र भारतबाट बुहारी ल्याउने चलन पनि कायम छ मधेशी समाजमा । नेपाली चोली भारतमा विवाह गरेर बसेका छन् भने भारतीय चेली विवाह गरेर नेपालमा आएका छन् । दुई देशबिच वैवाहिक शिलशीला सदियौंदेखि चल्दै आएको छ ।

यस्तै नेपाल–भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन गत वर्ष मात्र भगवान रामको बालस्वरुप प्रतिमा निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट निकालिएको विशालरुपी शीला आयोध्या पठाइएको थियो । उक्त शालीग्रामले दुई देशको सम्बन्धलाई अझैं बलियो बनाउने विश्वासका साथ प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले शीला आयोध्या पुर्याउनका लागि पहल गर्नुभएको थियो ।

गत मङ्सिरमा भारतको आयोध्याधामस्थित नवनिर्मीत राम मन्दिर भ्रमणका क्रममा रहेका नेपाली पत्रकारहरुसँग कुरा गर्नुहुँदै अयोध्याधाम नगर निगमका प्रमुख गिरिशपति त्रिपाठीले नेपाल र भारतको सम्बन्ध त्रेता युगदेखि चलिआएको हुनाले दुई देशको सम्बन्धलाई अझैं प्रगाढ बनाउने प्रयासमा आफू निरन्तर लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो हाम्रो लागि सौभाग्यको विषय हो की, त्रेता युगमा माता सीतालाई ल्याएका थियौं, अहिले रामको बालस्वरुप प्रतिमा निर्माणका लागि पनि नेपालको काली गण्डकी नदीबाट बिशालरुपी शीला ल्याएका छौं ।’’ नवनिर्मित राम मन्दिरले दुई देशका नागरिक हर्षित भएका छन् भने नेपालको शीला भारतमा ल्याउनुले दुई देशबिचको सम्बन्ध अझैं बलियो हुने विश्वास त्रिपाठीको रहेको छ । 

आयोध्याधामका नगर प्रमुख त्रिपाठीले उक्त शिलाबाट बनाइएको प्रतिमा मुल मन्दिरमै राखिने समेत बताउनुभयो । ‘‘नेपालले शालिग्राम पाइने एक मात्र नदीबाट पठाइएको शीलाबाट रामको बालस्वरुप प्रतिमा निर्माण हुने भएपछि हामी असाध्यै खुशी भएका छौ ।,’’ उहाँले भन्नुभयो, ‘‘आउँदो जनवरी २२ मा हुने समुद्घाटनको कारण मन्दिर र मूर्ति निर्माणको काम पनि तीव्र गतिमा भैरहेको जानकारी दिनुहुँदै प्रमुख त्रिपाठीले जनकपुरधाम आउने मौका मिले भाग्यशाली ठान्छु र पक्कै आउने छु भनेर वाचा गर्नुभयो ।’’

गत मङ्सिर २६ गतेदेखि सुरु भएको साताव्यपी विवाह पञ्चमी महोत्सवको अवसरमा लाखौं भारतीय श्रद्धालु भक्तजनहरु नेपालस्थित जानकी मन्दिरमा हुने विवाह पञ्चमी महोत्सव हेन आएको थिए । सो महोत्सव पनि त्रेता युगमा रामसीताको विवाहलाई स्मरण गर्दै मनाइने साताव्यापी विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आज पनि भौतिक रुपमा जन्ती आउने प्रचलन छ । र त्रेता युगमा रामसिताको विवाहको समयमा जसरी जन्तिलाई विभिन्न स्थानमा विश्राम गराइन्थ्यो आज पनि त्यसरी नै विवाह महा्त्तरी जिल्लास्थित मटिहानीमा विश्राम गराइन्छ ।

प्राचिन मिथिलाको राजधानी वर्तमान मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाइने गरिन्छ । जुन विवाहमा जन्ति र महोत्सव हेर्नकै लागि भनेर नेपाल र भारतका श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन् ।

नेपाल र भारतको सम्बन्धलाई अझैं प्रगाढ बनाएको छ, नेपालबाट अयोध्या पुर्याइएको विशालरुपी शीलाले । लामो समय विवादमा परेको धार्मिक स्थल राम जन्मभूमि अयोध्या राम मन्दिर निर्माण स्थलको विवाद समाधानपछि भारत मात्र नभएर नेपाल पनि उक्त जितमा हर्षित भएको थियो । जुन अयोध्यको कुरा आउँदा जनकनगरी मिथिलाको राजधानी जनकपुरधामको बारे पनि अवश्य चर्चा हुने गर्दछ ।

दुई देशमा सम्बन्धलाई थप प्रगाढ बनाउनेमा कांग्रेसका वरिष्ठ नेता एव प्रतिनिधिसभा सदस्य निधिको अहम भूमिका रहेको छ । उहाँले भगवान रामको प्रतिमा निर्माणका लागि नेपालको काली गण्डकी नदीबाट निकालिएको शीला आयोध्या पुर्याउनमा कार्यमा सुरुदेखि अन्तिमसम्म उहाँ साथमा हुनुहुन्थ्यो । शीला यात्रामा निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायत मधेश प्रदेशका विभिन्न जिल्लाका नागरिक पनि उक्त शीला यात्रामा सहभागी भएका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर