नेभिगेसन मेनु

चिनको तुनहुआङ सहरसँग सांस्कृतिक सदभाब बाढ्दै नेपाल
सम्पादक:南亚网络电视
समय:2023-12-04 19:54

IMG_8635

कार्यक्रममा उपस्थित अतिथवर्गि, विशिष्ट व्यक्तित्व, नेपाली र चिनियाँ पाहुना साथै विभिन्न विद्यालयबाट पाल्नु भएका विद्यार्थी भाइ बहिनीहरु। तस्बिर - विशाल श्रेष्ठ / एस् ए टि भी

एस् ए टि भी, काठमाडौ। नेपालस्थित जनवादी गणतन्त्र चीनको राजदूतावासले आज डिसेम्बर ४, २०२३ मा चिनियाँ सांस्कृतिक रात्रि कार्यक्रम "तुनहुआङ संस्कृति ग्लोबल जडान - नेपाल प्रवेश" को आयोजना गरेको छ। उक्त कार्यक्रम कला, संस्कृति, सभ्यता, अध्यात्म र इतिहासको अन्वेषणका लागि आयोजना गरिएको थियो। तुनहुआङ मोगाओ ग्रोटोइस चिनियाँ सभ्यताको एकीकरण बारे विश्वव्यापी क्षेत्रमा सांस्कृतिक सम्बन्ध बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

IMG_8664

तुनहुआङ एकेडेमीका विद्वानहरूले कार्यक्रममा अनलाइन मार्फत आफ्नो प्रस्तुति दिएका थिए। उनीहरूले तुनहुआङको इतिहास, कला र संस्कृति बारे नेपाली विद्यार्थी माझ प्रकाश पार्दै आफ्नो जानकारीमूलक प्रेजेन्टेसन गरेका थिए। चिनियाँ र नेपाली प्रतिनिधिहरूका साथसाथै, कार्यक्रममा कन्फ्युसियस विद्यालयका बच्चाहरूलाई समेत आमन्त्रित गरिएको थियो।

IMG_8565

 "हामी आशा गर्छौं कि विद्यार्थीहरूले समावेशीताको पूर्ण कदर गर्नेछन्, चिनियाँ संस्कृतिको चौडाइ र गहिराइ बुझ्दै दुई देशबीचको मित्रताको विरासत र विकासको लागि असल राजदूत बन्न सक्नेछन्" कार्यक्रममा अमूल्य उपस्थिति जनाउनु भएका नेपालका लागि जनवादी गणतन्त्र चिनका राजदूत महामहिम छन् सोङले आफ्नो मनतव्यमा उल्लेख गर्नु भयो।

राजदूत महामहिम छन् सोङले नेपाल–चीनको भूत, वर्तमान र भविष्यबारे बताउनुभयो। "२००० वर्ष अगाडि सुरु भएको सिल्क रोड हिमालयको सभ्यता र मित्रताको बन्धन हो। "वान बेल्ट, वान रोड" पहल, आज संसारको सबैभन्दा व्यापक र सबैभन्दा ठूलो सहयोग मञ्च बनेको बारे खुलाशा गर्दै चीन-नेपालको भविष्य युवाहरूमा निहित रहेको र दूतावासले वार्षिक रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न इच्छुक रहेको बताउनु भयो ।

IMG_8602

तुनहुआङ एकेडेमीले गरेको संरक्षण र अनुसन्धानका प्रयासहरू ऐतिहासिक वस्तुहरूको संरक्षण मात्रै होइन,  हाम्रो सांस्कृतिक विरासत हो र त्यसको संरक्षणमा हामीले लगानी गर्नुपर्ने समर्पण र जोशको प्रमाण हो" नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले खुलाउनु भयो। 

0

तुनहुआङ एकेडेमिक डाटा सेन्टरका उपनिर्देशक र सहायक अनुसन्धान पुस्तकालयकार श्री सोङ यानफङले तुनहुआङ सम्पदाको बारेमा अनलाइन प्रस्तुति गर्नुभयो। मोगाओ गुफाहरू २८५ ईसा पूर्वमा सिर्जना गरिएको थियो जसमा ४९२ गुफाहरू, २००० चित्रित मूर्तिकलाहरू छन् , जुन ४५००० वर्ग मिटरमा फैलिएर रहेका छन्। सन् १९०० मा फेला परेका ७०,००० मूर्तिकलाहरु र भित्तिचित्रहरु सन् १९८७ मा विश्व सम्पदा स्थलमा समावेश गरिएको थियो। गुफाहरु सामान्यतः भिक्षुहरुलाई बस्न र ध्यान गर्नको लागी प्रयोग गर्थे र विगतमा चिहानको रूपमा प्रयोग गरिएको थियो।

सोङ यानफङले बुद्ध, बौद्ध मूर्तिकला, गुफा, ध्यान, कला र चित्रकलाबारे सन्देशमुलक भिडियो प्रस्तुत गरेका थिए जसले दर्शकलाई तुनहुआङको इतिहाससँग परसपर गराएको थियो। 

एस् ए टि भिकाे क्यामरामा कैद कार्यक्रमका अन्य तस्बिर हरु:

IMG_8462

IMG_8627

IMG_8529

IMG_8525

IMG_8614

IMG_8511

IMG_8502

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर