नेभिगेसन मेनु

बेइजिङदेखि काठमाडौ आइपुग्यो सेल्फ ड्राइभिङ समूह
सम्पादक:南亚网络电视
समय:2023-12-09 13:53

Weixin Image_20231208165848

पाटनमा स्थानीयसँग फोटो खिचाउँदै चिनियाँ पर्यटक समूह। 

एस् ए टि भी, काठमाण्डौ। हालै दसवटा चिनियाँ अफ - रोड सवारी साधन सेल्फ ड्राइभिङ टुर मार्फत लाशादेखि काठमाण्डौ आइपुगेका छन्। १० वटा गाडीमा करिब ३७ चिनियाँ पर्यटकले नेपाली गाइडको नेतृत्वमा देशको विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन्।

Weixin Image_20231208171938

चिनियाँ टोलीले बेइजिङ देखि यात्रा शुरू गरेका थिए। बेइजिङ हुँदै लाशा पुगेका यात्रुले लाशामा २ दिन विताएर बन्दिपुर पुगेका थिए। बन्दिपुर देखि पोखरा, लुम्बिनी, सौराहा हुँदै टोली नोबेम्बर ८ मा काठमाण्डौ आइपुगेका छन्। चिनियाँ पाहुनाको स्वागतमा चाइनिज ओभर सिज एसोसिएसनले शुक्रबार साँझ ठमेलस्थित वाल्डो होटेलमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो।

IMG_8922

कार्यक्रममा सेल्फ ड्राइभिङ गर्दै नेपाल पाल्नु भएका पाहुनालाई स्वागत गर्न ओभर सिज एसोसिएसनका विशिष्ट पदाधिकारी, नेपाल पर्यटन मन्त्रालयका पदाधिकारी लगायतका उपस्थिति रहेको थियो। नेपालका विभिन्न सांस्कृतिक तथा पर्यटकीयस्थलको भ्रमण गर्दै चिनियाँ समूहले नेपाली पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुर्याएका छन्।

IMG_8909

सेल्फ ड्राइभिङ टुर टोलीका कमाण्डर फाङले आफु नेपाल भ्रमणबाट निकै सन्तुष्ट रहेको र स्थानीय संस्कृति, जीवनको गहिरो अनुभव गरेका छन्। स्थानीय बासिन्दाहरूसँग घनिष्ठ सम्पर्क र प्रामाणिक नेपाली खानाको स्वादले यस यात्रामा मानवताको समृद्ध भावना थप गरेको उनले एस् ए टि भी लाई बताए।

Weixin Image_20231208170053

Weixin Image_20231208165836

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर