नेभिगेसन मेनु

नौ वर्षमा पनि बनेन मुगुबाट चीन जोड्ने सडक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-15 12:39

adfbsdf

मङ्सिर, २९ गते । मुगुको उत्तरी चीन जोड्ने सडक सुरु भएको नौ वर्षमा बित्दा समेत बन्न सकेको छैन । चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्य समेत अघि बढ्न सकेको छैन । 

जिल्ला सदरमुकाम गमगढी देखि चीनको सिमानाको ९१ किलोमिटर सडक चरम बजेटको अभावका कारण कछुवाको गतिमा अगाडि बढेको हो । गमगढी  नाकच्यालाग्ना सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयक मातहतमा  निर्माण भइरहेको छ ।

सडक  डिभिजन कार्यालय  जुम्ला अन्तरगतका  साइड इन्जिनियर वीर बहादुर जीटीका   अनुसार गमगढी नाकच्यालाग्ना सडकको गमगढी  नाकच्यालाग्ना सडक  परियोजना कार्यालयले ७२ साल देखि ८० साल सम्म अनुमानित ३० करोड रकमले १९ दशमलव ५ किलोमिटर  ट्र्याक खोलेको छ । उहाँले भन्नुभयो नाकच्यालाग्ना सडक परियोजना कार्यालय जुम्लाको सडक डिभिजन कार्यालयबाट  साइडको मूल्याङ्कन र  सडकको स्तरोन्नति  अवलोकन गर्न समयमै साइडमा आउजाउ गर्न  कठिनाइ हुने गरेको छ । गमगढी– नाकच्यालाग्ना सडक छिटोछरितो मूल्याङ्कन र सडकको  स्तरोन्नति अवलोकन गर्नलाई  मुगुको सदरमुकाम गमगढीमा नाकच्यालाग्ना  परियोजना कार्यालय नै स्थापना गर्न आवश्यक देखिन्छ साइट इन्जिनियर जीटीले बताउनुभयो ।  थोदुङ्क्क्याराभान जेभीले मुगमकार्मारोङ  गाउँपालिका छाँयालको गाँठ्या भिर सम्म सडक निर्माण गरेको छ।

सडक  बिस्तार  गर्न र  सडकको  स्तरोन्नति गर्न चालु आर्थिक ८०-८१ का लागि छायाँल र माँग्रीमा पर्ने १ दशमलव २ किलोमिटर चट्टानी पहरो ब्लास्टिंङ गर्न  र ७ दशमलव ५  किलोमिटर  ग्राबेलका साथ साइडमा नाला  निर्माणका लागि छ करोड ५० लाख रकम संघीय सरकारबाट बिनियोजित भएको  छ ।

उहाँका अनुसार उक्त सडक निर्माण गर्नका लागि निजी कन्स्ट्रक्सनबाट थोदुङ्कक््याराभान जेभी, महेश इन्जिनियरिङ, महेश कन्स्ट्रक्सन र रारा सूर्योदय कन्स्ट्रक्सनले ठेक्का लिई  गएको चालु आर्थिक वर्षको जेठ मसान्तसम्म योजना अनुसारका सडक संरचनाहरू निर्माण सम्पन्न हुने गरि परियोजनासँग सम्झौता गरेका थिए तर उक्त अवधिभित्र योजना सम्पन्न नहुँदा सडक निर्माणको जिम्मा पाएका ती निजी  फमले पुनः योजना सञ्चालनका लागि सम्बन्धित निकाय बाट म्याद थपेर अनुमति लिएका छन्।

१ दशमलव ५ किलोमिटरको पहरोमा व्लास्टिङ मार्फत सडक निर्माण गर्ने जिम्मा पाएको  थोदुङ्क्क्याराभान जेभीले हाल  छाँयालबाट  स्काभेटरद्वारा  सडक निर्माण कार्य गरिरहेको र व्लास्टिङ मार्फत पहरो फोर्न विस्फोटक  पदार्थ श्री बकस गुल्म रारा हुटुको सहकार्य र सहजिकरणबाट चट्टान भएको पहरो विस्फोटको काम सुरु भइरहेको थोदुङ्क्क्याराभानका संचालक  कार्मा तामाङले बताउनुभयो ।

जिल्लाका चार वटा पालिका छायानाथ रारा नगरपालिका ,सोरूँ गाउँपालिका , खत्याड गाउँपालिका, मुगमकार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिका लगायत कर्णाली प्रदेशका १०  वटा जिल्लाको पहुँचमा यो सडक रहेको छ । 

सडक निर्माणले जडीबुटी देखि नेपालमा निर्मित सामाग्रीहरू चीनमा निर्यात र चीनका निर्मित लत्ताकपडा देखि त्यहाँ उत्पादित  खाद्यान्न लगायत अन्य सामाग्रीहरू नेपालमा आयात गर्न सहज हुने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर