नेभिगेसन मेनु

अब चीनको ट्रेड हब साङघाईसँग एक उडानमै जुड्यो नेपाल
सम्पादक:南亚网络电视
समय:2023-12-02 16:55

图片_20231202130052

हिमालय एरलाइन्स कम्पनीले काठमाडौं देखि सांघाई सिदा उडान भर्ने भएको छ। शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै हिमालय एरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले उडान बारे औपचारिक जानकारी गराउनु भएको हो।

7

काठमाण्डु, मङ्सिर १६: मंसिर १६ गते शनिबार देखि सुरु भएको सीधा उडानले १३७ जना यात्रु बोकेर बिहान ९-२० मा नेपालको धावन मार्गबाट उडान भरेको हो। ५ घन्टा २० मिनेट अनुमानित समएमा विमान सांघाई पुग्ने र आज साझै नेपाल फर्कने एरलाइन्सले जनाएको छ।

6

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विश्वकै ठूलो मध्येको आर्थिक शहरभित्र पर्ने सांघाइमा उडान सुरु गरेकोमा हिमालय एअरलाइन्सलाई बधाई दिए । चीनको यो शहर आर्थिक हब मानिन्छ । यो शहरमा ४० मिलियन मानिसको बसोबास रहेको चिनियाँ दूतावासका प्रतिनिधिले जानकारी दिए।

4

चीनका लागि नेपाल उत्कृष्ट र नजिकको पर्यटकीय गन्तव्य भएकाले चीनबाट नेपाल आउने पर्यटकका लागि लक्षित गरेर यो उडान सुरु गरिएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर