नेभिगेसन मेनु

बुवाको हत्या गर्ने छोरा पक्राउ
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-11-27 15:17

pakrauu-

मङ्सिर ११ गते । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । आशिषले बुवाको टाउको र दाहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ ।

कमल–४ कै दूध डेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उहाँले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर