नेभिगेसन मेनु

गुल्मीको मुसिकोटले जापानको बुङ्गोओन नगरसंग भगिनी सम्बन्ध गाँस्दै
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-18 14:01

musikot2023-11-18-11-12-50

गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त स्थित बुङ्गोओन नगरपालिकाबिच भगिनी सम्वन्ध अगाडि बढेको छ । जसका लागि शुक्रबार मुसिकोट नगर र आईता प्रान्त बुङ्गोओन नगरपालिकाका जनप्रतिनिधीबीच सद्भावनापूर्ण भेटघाट र समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

भगिनी सम्बन्ध बिस्तारको लागि जापानको बुङ्गोओना सिटीका मेयर फुमितोसी खबानोको नेतृत्वमा पाँच सदस्यीय टोली मुसिकोट आएको थियो । दुई देशका नगरबीचको सम्बन्ध विस्तारले कृषि क्षेत्रको विकासमा सहयोग आदान–प्रदान गर्ने मुख्य सहमति भएको छ । सहमति पत्रमा जापानको बुङ्गोओना सिटीका मेयर फुमितोसी खबानो र मुसिकोट नगरका मेयर जीवन खरेलले हस्ताक्षर गरेका छन् । 

सहमति पत्रमा हस्ताक्षर गर्दै फुमितोसी खबानोले मुसिकोटमा कृषि क्षेत्रको विकास आवश्यक भएकाले आफुहरु लगानीको लागि इच्छुक रहेको बताए । उनले जापानमा काम भएपनि काम गर्ने जनशक्ति नभएको र नेपालमा जनशक्ति भएपनि कृषि क्षेत्रमा काम नभएको बताउँदै दुई नगरबीचको समन्वयबाट दुवै कुरा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

'सामाजिक, साँस्कृति, जैविक, भौगोलिक र प्राकृतिक विविधताले अत्यन्तै सुन्दर मुसिकोट नगरको विकासको लागि थुप्रै काम गर्न जरुरी छ' मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले भने, 'मुसिकोटको समृद्धिका आधारहरु सामाजिक न्याय, कृषि, पर्यटन र उद्योगको विकासका लागि जनशक्तिको विकास, विदेशका शहर, मुसिकोट नगरबाट प्रवासमा रहेका सीपयुक्त जनशक्तिहरुको समन्वय र उच्चतम प्रविधीको प्रयोग आवश्यक छ । जसका लागि जापानबाट आएका जनप्रतिनिधीहरुसंगको भेटघाट एउटा माध्याम मात्र हाे ।' उनले भ्रमण टोली नगरप्रति अत्यन्तै उत्साहित भएकाले यो सद्भाव र मित्रतापूर्ण भेटघाट अत्यन्तै फलदायी बन्ने विश्वास व्यक्त गरे ।

तीन बर्ष अघि तत्कालिन मेयर सोमनाथ सापकोटा नेतृत्वको टोलीले बुङ्गोओना सिटीका मेयर फुमितोसी खबानोसंग जापानमा भेटघाट गरेर सम्बन्ध विस्तारको सुरुवात गरेका थिए । दुई देशका नगरको सम्बन्ध विस्तारमा जापानमा ठूला उद्यम गरिरहेका मुसिकोटकै रोशन केसी, सुरेश केसी र प्रोफेसर डा ताराप्रसाद सापकोटाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । 

मुसिकोट नगरपालिका गुल्मीका १२ स्थानीय तह मध्येको एक हो । सबैभन्दा धेरै जनसंख्या र भू–भाग भएको मुसिकोट नगरपालिकामा कृषि र पर्यटनको प्रचुर संभावना रहेको छ । 

बुङ्गोओना सिटी पनि कृषि क्षेत्र भएकाले मेयर फुमितोसी खबानो नेतृत्वको टोलीले कृषिमा सहकार्यको इच्छा राखेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुवंरले जानकारी दिए । 

उनले आँपचौरको कफि, केहि विद्यालय, धार्मिक स्थल, स्वास्थ्यका पूर्वाधारहरुको समेत टोलीले भम्रण गरेको बताए । कुवंरले नगरभित्र शिक्षा, स्वास्थ्य र कृषिका पूर्वाधार निर्माण तथा कृषिमा सीप विकास र प्रविधीको सहयोग आवश्यक रहेको बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर