नेभिगेसन मेनु

भूकम्पपीडितलाई दुई करोड ७४ लाख ७५ हजारबराबरकाे सहयोग
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-16 13:24

ccp2023-11-16-06-56-53

चिनियाँ कम्युनिस्ट पार्टीले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई अतिरिक्त सहयोग गरेको छ ।  यसअघि चीन सरकारले पनि सहयोग गरेको थियो । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ दुई करोड ७४ लाख ७५ हजारबराबरकाे राहत सामग्री उपलब्ध गराएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरे।  

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्‍याइदिने जानकारी दिएको डा. भट्टराईले बताए । स्थानीय राजनीतिक दल र प्रतिनिधिहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने जानकारी दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर