नेभिगेसन मेनु

बङ्गलादेशमा गार्मेन्ट मजदुर आन्दोलनमा, प्रहरी झडपमा १ को मृत्यु
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2023-11-09 16:24

1699515888_labor-1200x560

तलबमान वृद्धिको मागसहित आन्दोलनमा उत्रेका बङ्गलादेशका गार्मेन्ट मजदुरमाथि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार पर्दा एक मजदुरको बुधवार मृत्यु भएको छ। गत सातादेखि सुरु भएको प्रदर्शनीको क्रममा मृत्यु हुने यी तेस्रो मजदुर हुन्।

मंगलबार बंगालादेश सरकारले मजदुरको न्यूनतम तलब आगामी डिसेम्बर १ तारिखदेखि लागु हुने गरी ५६.२ प्रतिशतले बढाउने निर्णय गरेको थियो। विगत ५ वर्षमा पहिलो पटक भएको यो वृद्धिप्रति मजदुर सन्तुष्ट छैनन्। उनीहरुले तलब कम्तीमा दुई गुणाले बढ्नुपर्ने माग गरेका छन्। प्रहरीले ढाका नजिकै रहेको गाजीपुर जिल्लामा हजारौँ मजदुरले प्रदर्शन गरेको जनाएको छ।

‘मजदुरहरूले सडकमा अवरोध गरेका थिए र कैयन सवारीसाधनलाई क्षति पुर्याएका थिए। यो रोक्न हामीले अश्रुग्याँस र रबरका गोली चलाउन परेको हो,’ प्रहरी अधिकारी अर्सफ उद्धिनले भने। मृत्यु भएका ती मजदुर उपचारको क्रममा अस्पताल लादै गर्दे बाटोमै मृत्यु भएको थियो। यो क्षेत्र विहिबार पनि तनावग्रस्त रहेको प्रत्यक्षदर्शीले बताएका छन्। अमेरिकाको स्टेट डिपार्टमेन्टले प्रहरी दमनको निन्दा गरेको छ।

‘हामी मजदुरहरूको सुरक्षा गर्न बङ्गलादेश सरकारसँग माग गर्दछौ, डिपार्टमेन्टमा एक वक्तव्यमा भनेको छ।

न्यून तलबका कारणले बङ्गलादेशको गार्मेन्ट उद्योगलाई फस्टाउन सहयोग गरेको थियो। झण्डै ४ हजारको सङ्ख्यामा रहेका यी उद्योगले ४० लाखलाई रोजगारी उपलब्ध गराएका छन्। यो उद्योगले वंगालादेशको कुल गृहस्थ उत्पादनको १६ प्रतिशत हिस्सा लिएका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर