नेभिगेसन मेनु

तमोर नदीमा काठे पुल निर्माण गरेर यातायात सञ्चालन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-06 13:51

adhn

कात्तिक २० गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ । तमोर नदीमा पानीको सतह घट्न थालेपछि यातायात सञ्चालन गर्न गाउँपालिकाले काठको अस्थायी मोटर गुड्ने पुल निर्माण गरेको हो ।

फक्ताङ्लुङ गाउँपालिकाका वडाहरूमा सडकको पहुँच पुगे पनि तमोरमा पक्की मोटरेवल पुल नहुँदा यातायात सञ्चालन नियमित नहुने गरेको छ । बर्खा मौसमभर यातायात सुविधा नपाएका स्थानीय नागरिकलाई सुविधा दिनका लागि गाउँपालिकाले अस्थायी काठको पुल निर्माण गरेको हो । 

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का वडा ४ इखाबु र वडा ५ तापे थोक जोड्ने गरी तमोर नदीमा काठे पुल निर्माण गरिएको छ । काठको अस्थायी मोटर गुड्ने पुल निर्माण सम्पन्न गरेर आइतबारदेखि यातायात सञ्चालनमा ल्याएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । काठे पुल निर्माणपछि यातायात सञ्चालनमा आएसँगै तापे थोक र इखाबुको संसाबु, बिपुधापलगायत टोलका बासिन्दालाई सुविधा पुगेको उहाँले बताउनुभयो ।

जिल्लाकै दुर्गम तथा विकट भौगोलिक बनावट रहेको यस भेगमा अझै छिरुवा लगायतका स्थानहरूमा काठको अस्थायी पुल निर्माण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । तमोर नदीमा काठे पुल निर्माण गरेपछि ढुवानी तथा यात्रुवाहक सवारी साधन र एम्बुलेन्स सञ्चालनमा सहज हुने बताइएको छ । पक्की मोटरेवल पुलको अभाव रहेको क्षेत्रमा हिउँद मौसम सुरु भएपछि विगतदेखि नै गाउँपालिकाले अस्थायी काठे पुल निर्माण गरेर सर्वसाधारण नागरिकलाई यातायात सुविधा उपलब्ध गराउँदै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर