नेभिगेसन मेनु

मारुनी नाचको संरक्षणमा स्थानीय
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-22 17:21

maruni-nach

मङ्सिर ६ गते । परम्परागत नाचको संरक्षण गर्न गाउँमा मारुनी नाच नाचिएको छ । परम्परादेखि जिल्लाको विभिन्न स्थानमा नाचिनेको संरक्षणका लागि मारुनी नाच नाचिएको यहाँका बासिन्दाले बताएका छन् । 

जिल्लाको रम्भा–२, फोक्सिङ्कोटमा वर्षभरिमा चार पटक मारुनी नाच नाच्ने गरिएको छ । पहिले विभिन्न चाडपर्व तथा अन्य बेलामा समेत मारुनी नाच्ने परम्परा थियो । तर यो नाच नाच्न नयाँ पुस्तामा रुचि नदेखिएपछि वर्षभरिमा चार पटक मारुनी नाच्ने कामको थालनी गरिएको स्थानीय नयाँ रौरा (मुख्य गायक) देवेन्द्रकुमार सारुले बताउनुभयो । यहाँ हरेक वर्ष बडा दशैं, तिहार, हरिबोधनी एकादशी र मङ्सिरे पूजाका दिन गरी चार पटक मारुनी नाच नाच्ने चलन रहेको उहाँले बताउनुभयो । 

यस नाचमा भर्खरका युवालाई चोलिया, कण्ठीया, टिकीया, सारी, फरिया, घलेकजस्ता परम्परागत भेषभूषाले सिँगारेर मारुनी तयार गरिन्छ । मारुनीसँगै नाच्ने पुरुषलाई पुर्छुङ्गे भनिन्छ । मारुनी नाचको गीत गाउने मुखियालाई रौरा भनिन्छ । हालसालै मारुनी नाचका मुख्य रौराको मृत्यु भएपछि आफूहरूले मारुनीको संरक्षणका लागि नाच नाच्ने नियम बनाएको सारुको भनाइ छ । 

मारुनी नाचको गीतमा ख्याली, मझौटे, झुमरी, डाँडी, रम्भायण, कृष्ण चरित्रलगायतका गीतहरू फरक–फरक लय र भाखामा गाउने गरिन्छ । ख्याली गीत रमाईलो गर्ने खालको गीत हो । यो गीतमा माया पिरतीका कुरा, राजामहाराजका गाथा, देवी देउताका कुरा, स्थान विशेषका कुरालाई जोडेर गाउने प्रचलन रहेको स्थानीय बासिन्दा गंगाबहादुर गाहाले बताउनुभयो । यो नाचमा मादल र मजुरा वाद्यवाधनका रुपमा प्रयोग हुने गरेको छ । 

मारुनी नाच नाच्ने घरको मुखियालाई गीत र नाचबाटै आशिष दिने चलन छ । घरको मुखियाको जयजयकार गर्दै भलो चिताउँदै गीतका माध्यमबाट रमाईलो पारामा आशिक दिने परम्परा रहेको गाहाले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर