नेभिगेसन मेनु

सिधनियामा व्यवस्थितघाट निर्माणको पहल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-30 16:52

masanghat

कात्तिक १३ गते । बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाउनुभएको छ । 

नेपालगन्जबाट-७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको पहल अघि बढाइएको पर्यटन व्यवसायी समेत रहनुभएका नागरिक सभाका अगुवा श्रीराम सिग्देलले जानकारी दिनुभयो । 

नागरिक समाजका अगुवा सिग्देलसहित भोला महत, कृष्णप्रसाद श्रेष्ठ, ईश्वर पोखरेल, डा. सुरेशकुमार कनोडियालगायतको टोलीले व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि जग्गा खोजीका लागि स्थानीय व्यक्तिसँग अन्तरक्रिया गर्नुभएको छ । 

राप्ती किनारमा करिब ५ कठ्ठा जग्गा खरिद गरी शवदाहस्थलसहित अन्य केही संरचना निर्माणको योजनासहित जुटेको सिग्देलले बताउनुभयो । सिग्देलले भन्नुभयो, ‘स्थानीय तह र दाताको सहयोगमा निर्माण कार्य अघि बढाइनेछ ।’ घाट निर्माणका लागि डुडुवा गाउँपालिकाले ४० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले समेत सहयोगको आश्वासन दिएको छ । सरकारी तहबाहेक दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाएपछि नागरिकस्तरबाट पहल अघि बढाइएको हो ।  घाटमा ४–५ वटा व्यवस्थित शवदाहस्थल निर्माण गर्ने योजना रहेको छ । 

राप्ती नदी किनारमा अन्तिम संस्कारका लागि पुग्नेहरू घामपानीको समयमा समस्यामा पर्नेगरेका छन् । यसैगरी बाढीको समयमा अन्तिम संस्कारका लागि उपयुक्त स्थान पाउन मुस्किल हुनेगरेको छ । जसकाका कारण नदीको पूर्व र पश्चिमतर्फ नदीको बहावअनुसार अन्तिम संस्कारका लागि व्यवस्थापन गर्ने गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर