नेभिगेसन मेनु

महासचिव गुटेरेस लुम्बिनीमा
सम्पादक:南亚网络电视
समय:2023-10-31 15:38

1

कात्तिक १४ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । उहाँ निर्धारित तालिकाभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी आइपुग्नुभएको हो ।

महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट सिधै गौतमबुद्ध विमानस्थलमा ओर्लनुभएको थियो भने त्यहाँबाट हेलिकोप्टरमा लुम्बिनी आइपुग्नुभएको हो । महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गर्नुभएको छ । पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइका कारण दुई घण्टा ढिलाे मात्र लुम्बिनी आइपुग्नुभएको हो ।

सुरक्षा व्यवस्थालाई ध्यान दिँदै मङ्गलबार बिहानैबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणलाई रोकिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ । लुम्बिनीमा सीमित पत्रकारहरुलाई मात्र प्रवेशका लागि पास उपलब्ध गराइएको छ । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएकाले विकास कोषले पनि सबैलाई रिपोटिङका लागि पास दिन नसकेको जनाएको छ ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ । यसअघि लुम्बिनी आएका पाँच जना महासचिवसँग प्रधानमन्त्री आउनुभएको थिएन । गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएकाले यसको महत्त्व बढ्ने कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताउनुभयो ।

लामाले प्रधानमन्त्रीको उपस्थितिमा हुने महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले लुम्बिनीको विकास र संवर्धनमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री प्रचण्डसँगै हुने महासचिव गुटेरेसको भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश पुग्नेछ ।’’

गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारू लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् ।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण र भ्रमण गर्ने कार्यसूची छ । उहाँलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउँमा रहेको पीपलको रुखमुनि स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

लुम्बिनीमा करिब डेढ घन्टा बिताएपछि काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटेरेसले आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर