नेभिगेसन मेनु

सुत्केरीको हेलिकप्टर मार्फत उद्धार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-18 13:21

uddar-(2)

रुकुमपश्चिममा एक सुत्केरीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ की २० वर्षीया फूलमाया ओलीलाई हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पतालमा थप उपचारको लागि लगिएको हो।

बिहीबार सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा जुम्ल्याहा बच्चालाई जन्मिनुभएकी ओलीको अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो। 

जुम्ल्याहा बच्चा मध्ये एक जनाको मृत्यु भइसकेको छ भने एक जनाको निकै कम तौल (८५० ग्राम) को रहेको अस्पतालले जनाएको छ। 

प्रजिअ पन्तका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट ओलीको उद्धार गरिएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर