नेभिगेसन मेनु

लुम्बिनीमा ३० करोड लगानीमा 'रुसी बौद्ध मन्दिर'
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-17 17:21

5fb4b879cb3b0_Lumbini_Mayadevi_Temple_g

मङ्सिर १ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । एक सय ८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । 

रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको रूसी गुम्बा नेपालका संयोजक ई.प्रवीण गौचनले जानकारी दिनुभयो ।

लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक विघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको गौचनले बताउनुभयो । एक समारोहका बीच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएको भिक्षुहरुको बौद्धपाठ पारायणसहित रसियन राजदूत असेक्सेई नोभिकोभले मन्दिर निर्माणको शिलन्यास गर्नुभएको थियो । सो अवसरमा रसियाबाट आएका बौद्ध भिक्षु लामाहरु बुदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमनले विशेष बौद्धपाठ परायण गर्नुभएको थियो । नेपालको सिई कन्सट्रक्सनले साढे दुईतले मन्दिर निर्माण सुरु गरेको छ ।

रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल सन् २०२३ मा निर्माण सुरु भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्नुहुँदै रसियन राजदूत नोभिकोभले नेपाल रसिया मैत्री सम्बन्धमा संस्कृति आदानप्रदान उद्देश्यसहित बुद्ध जन्मभूमिको जमिनमा रसियन गुम्बाको निर्माण सुरु गरेको बताउनुभयो । उहाँले शान्तिको सन्देश बुद्धभूमि लुम्बिनी नेपालदेखि रसियाको सम्बन्ध थप प्रगाढ बन्ने बताउनुभयो । साथै राजदूतले नेपाल रसिया सम्बन्धमा लुम्बिनीको ‘रुसी बौद्ध मन्दिर’ कोसेढुङ्गा सावित बन्दै भावी पुस्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।     

शिलान्यास समारोहमा रूस नेपाल मैत्री समाजका उपाध्यक्ष दिनानाथ राजभण्डारीले दुई देशबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने यो प्रयास संस्कृति संरक्षणमा बुद्धभूमि नेपालको पहिचान थप उजागर बनेको स्पष्ट पार्नुभयो । रूसी बौद्व समाजका अध्यक्ष अलेक भ्यासिलोले मन्दिर निर्माणले नेपाल संसार शान्ति स्रोत राष्ट्र बन्न सक्ने बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल ब्रजाचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्ति सन्देशलाई संसारभरका मानव जातिले महत्वका हेर्ने दाबी गर्नुभयो ।

नेपालको तर्फबाट रुसका लागि भूतपूर्व राजदूत ऋषिराम घिमिरेले नेपाल र रसियाबीचको सम्बन्ध आपसी सहयोग, सद्भाव र मैत्रीको प्रतीकका रुपमा रहेको उल्लेख गर्दै बुद्ध भूमिको महत्व बढाउन नयाँ कडी भएको उल्लेख गर्नुभयो ।

नेपालले रुसको सदाशयतालाई सम्मान गरेर त्यसबाट लाभ लिनुपर्ने एनआरएनएका केन्द्रीय अध्यक्ष डा.बद्री केसीले बताउनुभयो । उहाँले बौद्धधर्म संस्कृति, समाज तथा जनजीवनको अध्ययनसँगै मन्दिर निर्माणले दुई देशबीच दौत्य तथा मैत्री सम्बन्ध विधिवत् रुपमा थप विस्तार गरेको बताउनुभयो ।

यसमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेको लु्म्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी गराउनुभयो । बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुनेगरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका शाक्यले बताउनुभयो । लुम्बिनी विकास कोषका अनुसार ४० वटा देश तथा सङ्घसंस्थालाई संरचना निमार्णका लागि सम्झौता भएको हो । झण्डै १२ प्रतिशत जनसङ्ख्या बौद्धमार्ग भएको मुलुक रुसले अबको दुई वर्षमा मन्दिर निर्माण सम्पन्न गर्ने जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर