नेभिगेसन मेनु

भूकम्प पीडितलाई आठसय थान त्रिपालसहित राहत प्रदान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-18 13:15

800-than-tripal-sahit-ko-rahat-pardaan-gardai-

नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ८०० थान त्रिपाल र २० रोल ओछ्याउने फोम जिल्ला प्रशासन कार्यालय बाँकेलाई प्रदान गरेको छ । 

जाडोको मौसम सुरु भइसकेको र कतै कतै पानी समेत पर्ने सम्भावनालाई दृष्टिगत गरेर अहिले भूकम्पपीडितलाई सबैभन्दा बढी आवश्यक त्रिपाल र ओछ्याउने सामग्री आवश्यक रहेको देखेर सो प्रदान गरिएको नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेले बताउनुभयो । 

उहाँले अहिले पनि धेरै पीडितहरू भत्किएका घर बाहिर खुला आकाशमुनि बसिरहेको तथा अझैसम्म धेरैले त्रिपाल नपाएको गुनासाहरू आइरहेकाले पीडितका ८०० परिवारलाई पुग्नेगरी ८०० थान त्रिपाल र जमिनमा ओछ्याउनका लागि २० रोल कालो मोटो फोम उपलब्ध गराइएको बताउनुभयो । 

नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनले प्रदान गरेको सो राहत सामग्रीलाई शुक्रबार एसोसिएसनका अध्यक्ष घिमिरेले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । 

राहत सामग्री बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले अहिले प्रभावित जिल्लामा त्रिपाल, फोम र अन्य न्यानो लुगाको आवश्यकता धेरै नै रहेकाले यो राहतले धेरै परिवारलाई सहयोग पुग्ने बताउनुभयो । 

उहाँले यो राहत सामग्री तत्काल नै प्रभावित जिल्लातर्फ पठाउने जनाउँदै नेपालगन्जमा उपलब्ध भएका राहत सामग्रीलाई तत्काल प्रभावित जिल्लाहरूतर्फ पठाउने गरिएको बताउनुभयो । 

यसअघि पनि विभिन्न सङ्घ संस्था र व्यक्तिबाट प्राप्त भएको राहातसँगै भारत सरकारबाट तीन खेपमा प्राप्त भएको ठुलो परिमाणको राहत सामग्रीलाई पनि तत्काल नै प्रभावित जिल्ला जाजरकोट र रुकुमतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

नेपालगन्जबाट प्रभावित जिल्लानजिक भएको हुँदा यहाँबाट राहत सामग्री पुगाउन सहज भएकाले नेपालगन्जलाई राहत सङ्कलन तथा सम्प्रेषण केन्द्रका रूपमा स्थापित गरिएको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर