नेभिगेसन मेनु

बढे सिकलसेलका बिरामी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-19 12:37

sikalcell

मङ्सिर ३ गते । दाङको राप्ती गाउँपालिकाका राजकुमारी चौधरीमा सानैदेखि खुट्टा दुख्ने समस्या थियो । सिकलसेल एनिमिया रोग भन्ने चौधरीलाई थाहा थिएन । उपचारको लामो प्रक्रियापछि सिकलसेल एनिमिया रोग भएको चौधरीले थाहा पाए । उहाँले त्यस बेलासम्म उपचारमा १५ लाख बढी खर्च गरिसक्नुभएको थियो । 

घोराही उपमहानगरपालिका–१७ का ३७ वर्षीय राजुकमारी विगत १० वर्षदेखि सिकलसेल रोगबाट पीडित हुनुहुन्छ । खुट्टा दुख्ने समस्याले देशका विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता नलागेपछि भारतसम्म पुगेर उपचार गराउनुभयो । परीक्षण क्रममा उहाँलाई समस्या भएको तीन वर्षपछि सिकलसेल एनिमिया भएको पुष्टि भयो । अहिले पनि उहाँलाई बेलाबेलामा बल्झिरहन्छ । समय समयमा खुट्टा दुख्ने, हात, छाती, पेट दुख्ने समस्या हुन्छ । कहिले श्वास फेर्न पनि गाह्रो हुन्छ । उहाँले भन्नुभयो, “उपचारका लागि धेरै ठाउँ गएँ तर कतै धपनि राम्रो हुन सकेको छैन । पैसा मात्रै खर्च भयो, रोग निको भएन ।” 

गढवा गाउँपालिका–२ का माया चौधरी पनि सिकलसेल रोग पीडित हुनुहुन्छ । उहाँलाई सिकलसेल भएको दुई वर्ष भयो । उहाँमा सिकलसेल देखियो, त्यसपछि नियमित औषधी प्रयोग गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “पटक पटक बिरामी हुन्छु, नियमित औषधी खाइरहनु पर्छ ।”

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार लुम्बिनी प्रदेशका छ जिल्लामा एक हजार ९२८ जना बिरामी छन् । तीमध्ये सिकलसेलका रोगी ४६ जना, सिकलसेलवाहक एक हजार ३२१ जना र बिटा थालासेमिया ५६१ जना बिरामी रहेका छन् । एक हजार नौ सय बिरामीमध्ये सिकलसेल पूर्ण रूपमा भएका र केही लक्षण भएका तर सिकलसेल पुष्टि नभएका बिरामी पनि हुनुहुन्छ । त्यसमध्ये सबैभन्दा धेरै बाँकेमा ६४८ जना, बर्दियामा ४५२ जना, दाङमा ३९२ जना, रुपन्देहीमा १९७ जना, नवलपरासीमा १२१ जना र कपिलवस्तुमा ११८ जना बिरामी रहेका छन् । थारू समुदायमा बढी देखिने सिकलसेल एनिमिया रोग पहिचानका लागि ‘स्क्रिनिङ’ गर्न सके अझै बढ्ने उहाँ बताउनुहुन्छ । बिरामीले औषधी खाइरहे पनि रोग निको नहुँदा ठुलो मात्रामा आर्थिक खर्च हुने गरेको बताइन्छ ।

अस्पतालले सिकलसेल एनिमियाका बिरामीलाई प्रदेश सरकारले एक लाख बराबरको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरेको छ । सरकारले ‘सिकलसेल एनिमिया’ भएका बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत परीक्षण गर्ने मेसिन खरिद, स्वास्थ्यकर्मीका लागि तालिम, जनचेतना अभिवृद्धिका लागि गाउँ तहमा सचेतना कार्यक्रम गर्न आवश्यक रहेको सरोकारवाला निकाय बताउँछन् । सिकलसेल रोग नियन्त्रणका लागि थारू समुदायका युवायुवतीमा सिकलसेल जाँच गरेर मात्रै विवाह गर्नुपर्ने 

भन्दै प्रदेश सरकारले स्वास्थ्य शिक्षाका रूपमा अघि बढाएको छ । चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर