नेभिगेसन मेनु

धनगढीमा आगलागीः अस्पतालसहित सात पसलमा क्षति
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-18 13:23

adfb

धनगढी बजारमा भीषण आगलागी भएको छ ।  शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. १  मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । 

आगलागीले अस्पतालसहित सात वटा पसलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । सुरुमा अस्पताल नजिक दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको र त्यहाँबाट सल्केको आगोले अन्य पसलमा समेत क्षति  गरेको चन्दले जानकारी दिनुभयो  ।

राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । 

घटनामा मानवीय क्षति नभए पनि अन्य धेरै पसलहरू जलेर नष्ट भएकोले क्षतिको धेरै भएको हुन सक्ने पूर्ण विवरण आइसकेको छैन । व्यापारीहरूले क्षतिको बारे जानकारी दिई नसकेकोले कति क्षति भयो भन्ने बारे अहिले यकिन नभएको चन्दले जानकारी दिनुभयो । आगलागीमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल  गोदाम), टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेबी सपको गोदाम), वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगत् बहादुर बलायरले सञ्चालन गरेको सुशिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम), शोदा साउदले सञ्चालन गरेको न्यु सदिच्छा इन्टरप्राइजेजी (कपडा, जुत्ता, ब्यागको गोदाम), गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथि अस्पताल कैलाली, , जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्स (ब्याग हाउस) गरी आठ ओटा पसलमा पूर्ण क्षति भएको चन्दले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर