नेभिगेसन मेनु

सुदूरपश्चिम सरकार र महासंघबीच लगानी प्रवर्द्धन सहकार्य
सम्पादक:南亚网络电视
समय:2023-10-28 12:37

屏幕截图 2023-10-28 102116

सुदूरपश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । महासंघमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरे । 

समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिममा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । यसअन्तर्गत प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी फागुन २३ र २४ मा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने ढकालले बताए ।

भारत र चीनमा बिजनेस समिट आयोजना गरेको र अब प्रदेशहरूमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ । महासंघको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक विकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताए ।

महासंघसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने मुख्यमन्त्री शाहको विश्वास छ । सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानीको प्रतिबद्धता आउने उनको विश्वास छ । प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने उनको प्रतिबद्धता छ ।

सुदूरपश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने सुदूरपश्चिमका अर्थ तथा योजनामन्त्री नरेश शाहीले बताए । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उनको धारणा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर