नेभिगेसन मेनु

अस्थायी घरटहरा बनाइँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-07 12:46

bhukampa-tahar-nirman-bajhang-(5)

कात्तिक २१ गते । बझाङका युवा समाजसेवी विष्णु ऐडीले व्यक्तिगत लगानीमा भूकम्प प्रभावितका लागि अस्थायी घरटहरा निर्माण कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्नुभएको छ । असोज १६ गते चैनपुर आसपास केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण सयौँ परिवार त्रिपाल टाँगेर बारीमा बस्दै आएका छन् । 

घरहरू चर्किएर चिरा परेको र केहीको घर पूर्ण रूपमा भत्किएकाले बारीमा पाल टाँगेर बसेकाका लागि जस्तापातासहितको पक्की टहरा निर्माण गर्न थालेको समाजसेवी ऐडीले बताउनुभयो । भूकम्पको बारम्बारको धक्काले जनजीवन अस्तव्यस्त बनिरहेका बेला आफू सामान्य सहयोगमा जुटेको उहाँले बताउनुभयो । मष्टा गाउँपालिका–२, डुग्रीकी एकल महिला बेलमती विष्ट त्रिपालमुनि बस्दै आएको हप्तौँ बित्यो तर समाजसेवी ऐडीको समूहले पक्की टहरा बनाइदिएपछि भने घरमै बास बसे जस्तो अनुभूति भएको भनाइ उहाँको छ । 

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्यसमेत रहनुभएका ऐडीले एकल महिला, दलित, विपन्न परिवारका लागि दर्जनभन्दा बढी पक्की टहरा निर्माण गर्नुभएको जनाइएको छ । कतिपय भूकम्पपीडितका लागि समाजसेवी एवं युवानेता ऐडी देउता जस्तै बन्नुभएको छ । बझाङ हिमाली जिल्ला भएकाले चिसो रात काट्न जस्तापाताको छाना लगाएर बनाइएका टहराको बासले केही राहत पुग्ने अपेक्षा गरिएको जयपृथ्वी नगरपालिका–७, सुवेडाका टुहुरा बालक शिव भण्डारीले बताउनुभयो । 

मष्टा गाउँपालिका–१ एकल महिला दुर्गा खड्का, लक्ष्मी रावल र जयपृथ्बी नगरपालिका–११, इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका गणेश नेपालीको परिवारका लागि पनि उहाँले टहराको घर बनाइदिनुभएको छ । हालसम्म सात वटा घर बनाइसकेको र दुई वटा आंशिक रूपमा मर्मत गरी टिनको छाना राख्ने काम जारी रहेको युवानेता ऐडीले बताउनुभयो । मष्टा गाउँपालिकामा चार, छबिस पाथिभेरा गाउँपालिकामा एउटा र जयपृथ्वी नगरपालिकामा दुई वटा अस्थायी घर निर्माण गरिएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर