नेभिगेसन मेनु

खसीबोकाको कारोबार सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-09 14:08

Untitled-1-Recovered

दसैँतिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको कारोबार सुरु भएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा शनिबार लाग्ने हाटबजारमा चाडपर्वलक्षित खसीबोकाको कारोबार सुरु भएको हो । 

प्रत्येक साताको मङ्गलबार र शनिबार हाटबजार लाग्ने र खसीबोकाको कारोबार पनि नियमित हुने गरेको छ । यस पटक शनिबारदेखि भने चाडपर्वलक्षित खसीबोकाको कारोबार सुरु गरिएको हो । दसैँतिहार नजिकिँदै गएपछि समयमै चाडपर्व खर्चको जोहो र कसैले मासुको जोहो गर्नुपर्ने भएकाले शनिबारदेखि खसीबोकाको कारोबार सुरु भएको हो । 

ग्रामीण क्षेत्रका किसानले आफूले पालेका खसीबोका हाटबजारमा ल्याएर बिक्री गर्न सुरु गरेका हुन् । दसैँतिहार खर्चको जोहो गर्ने उद्देश्यसहित घरमा पालेका खसीबोका हाटमा बिक्री गर्न ल्याएको किसानले बताएका छन् । चाडपर्व खर्च अर्थात् घर खर्च जुटाउने योजना बनाएर आफूहरूले खसीबोका पाल्ने गरेको र चाडपर्व नजिकिएसँगै हाटबजारमा बिक्री गर्न ल्याउन थालेको सर्वसाधारण किसान बताउँछन् ।

गाउँघरबाट खसीबोका ल्याउन थालेपछि आफूहरूले दसैँलाई मासुको जोहोस्वरूप खरिद गर्न थालेको बजारवासीले बताएका छन् । दसैँको मुखमा पुगेर मासुको जोहो गर्नुभन्दा अहिले नै गरिराखे सहज हुने भएकाले हाटबजारमा बिक्री गर्न ल्याइएको खसीबोका खरिद गरेको फुङ्लिङ बजारका स्थानीय बासिन्दा गणेश दाहालले बताउनुभयो । गाउँघरका किसानले पालेका खसीबोका मासुका लागि राम्रो हुने उहाँको भनाइ छ । यता स्थानीय किसान तथा व्यवसायीले हाटबजारमा बिक्री गर्न ल्याएका खसीबोका महँगिएको पनि स्थानीयवासीले बताएका छन् । नजिकिएको दसैँको मौका छोपेर स्थानीय व्यवसायीले खसीबोकाको मूल्य बढाउने गरेको पाइएको छ ।

हाटबजारमा नियमित खरिद-बिक्री हुने मूल्यको तुलनामा दसैँ नजिकिएपछि खसीबोकाको मूल्य बढाइएको उहाँहरूको भनाइ छ । चाडपर्वका समयमा मासुको खपतसाथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको बताइन्छ । उपभोक्ताका अनुसार अरू समयभन्दा चाडपर्वका बेला विगतदेखि नै खसीबोका निकै महँगो हुने गरेको छ । यस पटक पनि शनिबारे हाटमा यसअघि १० हजार रुपियाँ पर्ने एउटा खसीको मूल्य १५ हजार रुपियाँसम्म मूल्य राखेर खरिद बिव्रmी गर्न थालिएको छ । दसैँका मासुको व्यवस्थापन गर्नैपर्ने भएपछि दुई-चार हजार रुपियाँ महँगो मूल्य लगाएरै भए पनि खसीबोका खरिद गर्न बाध्य हुनु परेको बजारवासी उपभोक्ता बताउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर