नेभिगेसन मेनु

अमेरिकासँगको साझेदारी नेपालको प्राथमिकतामा : परराष्ट्रमन्त्री
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-02 13:00

np2023-11-02-08-14-00

परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकासँगको सम्बन्धलाई नेपालले सामाजिक जीवनका सबै क्षेत्रमा उच्च महत्व दिएको बताएका छन् । अमेरिकाको औपचारिक भ्रमणमा रहेका उनले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसद्वारा आयोजित अन्तरक्रियामा छिमेकीहरूसँगै अमेरिका नेपालको उच्च प्राथमिकतामा रहेको बताएका हुन् । 

नेपालको अबको प्राथमिकता आर्थिक समृद्धि भएको भन्दै उनले लगानी, साझेदारीलगायत सबै क्षेत्रमा सहयोगका लागि आह्वान पनि गरेका छन् । नेपालले बेलायतपछि कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक अमेरिका भएको स्मरण गराउँदै साउदले दुई देश भौगोलिक रूपमा दुई फरक गोलाद्र्धमा रहे पनि आपसी सम्बन्ध र सहकार्य मजबुत हुँदै गएको बताए । 

‘कूटनीतिक सम्बन्ध स्थापनायता हाम्रो सम्बन्ध गतिशील साझेदारी राजनीतिक, आर्थिक, विकास, सांस्कृतिक सहकार्यमा विकसित भएको छ,’ साउदले भने, ‘दुवै देश र जनतालाई पारस्परिक सहयोग पुग्ने गरी लामो समयदेखि सहकार्य गर्दै आएका छौँ ।’ नेपाल र अमेरिकाबीच लोकतन्त्र, मानव अधिकार, जनताको सशक्तीकरण साझा विषय भएको पनि उनले बताए । ‘अमेरिका नेपालको सबैभन्दा ठूलो विकास साझेदार र एक भरपर्दो मित्र हो । नेपालमा ठूला परियोजनामा अमेरिकी लगानी र अनुदानलगायत साझेदारीले नेपालको सामाजिक–आर्थिक गतिशीलतामा ठूलो योगदान पुगेको छ,’ उनले भने ।

दुई देशबीच जनस्तरको सम्बन्धसमेत वृद्धि हुँदै गएको साउदले बताए । ‘प्रत्येक वर्ष करिब एक लाख अमेरिकी नागरिकको नेपाल भ्रमणले नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण योगदान पुगेको छ । हामी आगन्तुकहरूको संख्या बढाउन चाहन्छौँ । अमेरिकामा नेपाली प्रवासीहरूको बढ्दो उपस्थितिले पनि हाम्रो सम्बन्ध थप सुदृढ गर्न योगदान गरेको छ,’ उनले भने । 

साउदले नेपालको आर्थिक प्रगति र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न प्रत्यक्ष लगानी, प्रविधि हस्तान्तरण तथा निरन्तर आर्थिक सहयोगका लागि आह्वान गरे । यसका लागि नेपालले थप अवसर सिर्जना गर्न चाहेको पनि उनको भनाइ थियो । उनले विकासदेखि शैक्षिक र सांस्कृतिक सहयोग र जस्तरीय सम्पर्क सम्बन्धले नेपालका आधारभूत जनसंख्या लाभान्वित हुनुपर्नेमा जोड दिए ।

नेपाल दुई ठूला, शक्तिशाली, विश्वको द्रुत–बढ्दो अर्थव्यवस्थाबीच अवस्थित रहेको र दुवैसँग मैत्री सम्बन्ध कायम गर्दै आएका उनले बताए । ‘हामी सबैसँग सार्वभौमको समानताको सिद्धान्त, आपसी सम्मान, सहयोग र पारस्परिक लाभका आधारमा सम्बन्ध सञ्चालन गर्दै आएका छौँ । आर्थिक समृद्धि र विकासका लागि हाम्रो छिमेकको समृद्धिबाट लाभ लिन चाहन्छौँ,’ उनले भने, ‘छिमेकी भारत र चीनबीच युगौँ पुरानो सम्बन्ध छ । यी सम्बन्ध मैत्रीपूर्ण र निकट छन् । आपसी सहयोग र समझदारी एवं संवेदनशीलताको सम्बोधनबाट अघि बढेका छन् ।’

परराष्ट्रमन्त्री साउदले बुधबार अमेरिकामा डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरे । उनले नेपालका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानीलाई नेपाल सरकारले प्रवद्र्धन गरिरहेको बताए । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी युएसएडका प्रशासक सामन्था पावरसँग पनि मन्त्री साउदले भेटवार्ता गरेको नेपाली दूतावासले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर