नेभिगेसन मेनु

नेपाली नागरिककाे हत्या गरेकाे आरोपमा दुईजना भारतीय पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-10-27 17:30

ण

नेपाली नागरिककाे हत्या गरेकाे आरोपमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । कात्तिक ९ गते बेलुका महोत्तरीकाे पिपरा गाउँपालिका- ५ हरदिया टोल बस्ने राजनारायण पासमानको १९ वर्षीय छोरा आशिक पासमान मृत भेटिएका थिए ।

पासमानको शव स्थानीय जगदीश साहको खेतमा फेला परेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

भारतको मधुवनी जिल्ला साहरघाटनिवासी १९ वर्षीय दीपक मल्लिक र सोही ठाउँ निवासी १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।

आरोपी युवाहरू पिपरा गाउँपालिका– ५ स्थित आफ्नो मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए। घाँटीमा लगाउने चेनको विषयमा विवाद हुँदा हत्या गरेको आरोपीले स्विकारेको प्रवक्ता गिरीले बताए ।  

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर