नेभिगेसन मेनु

सामाजिक सञ्जालमा लेखेको विषय चर्कियो, जमुनाहा नाकामा आठ सय बढी नेपाली अलपत्र
सम्पादक:南亚网络电视
समय:2023-10-04 12:45

dfjhn

खजुरा, असोज १७ गते । जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् ।

भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा नाकामा रोकिएका हुन् । तत्काल आफूहरूलाई गन्तव्यसम्म पठाउने व्यवस्था गर्न उहाँहरूले माग गरेका छन् । यता प्रशासनले भने गन्तव्य स्थलसम्म पुराउनका लागि प्रहरीले समन्वय सुरु गरेको जनाएको छ ।

नेपालगन्जको जमुनाहा नाकामा रोकिएर बसेका आठ सय बढी नेपाली नागरिकलाई नेपाल प्रहरीको गाडी र सार्वजनिक गाडीसमेत गरी ६ वटा गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमा बाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । राँझा चोकसम्म पुगेपछि सर्वसाधारण आ–आफ्नो गन्तव्य स्थलसम्म पुग्नका लागि सार्वजनिक गाडी पाउनेछन् ।

स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेको छ । प्रहरीले फाट्टफुट्ट रूपमा बाहिर निस्किएकाहरुलाई सम्झाउँदै सहजीकरण गरेर पठाउने गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा लेखेको विषय चर्किएर हिंसा भड्किन सक्ने भएपछि सुरक्षा बन्दोबस्त मिलाउन जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालीन कर्फ्यूसँगै सेना परिचालन गरेको हो ।

हिन्दू र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपिन आचार्यले कर्फ्यू आदेश गरेका थिए । तर यत्तिले पनि नपुगेपछि प्रशासनले नेपाली सेनाको सहयोग लिएको थियो ।

प्रशासनले सहयोग मागेपछि नेपाली सेना नेपालगञ्जका सडकमा आएको हो । ओमकार परिवारअन्तर्गत हिन्दू समुदायले मंगलबार र्‍याली गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू लगाएको थियो ।

एकअर्का धर्मावलम्बीको आस्थामा आँच आउने विषय सामाजिक सञ्जालमा लेखेको विवाद चर्किएर सडक प्रदर्शनसम्म पुगेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर