नेभिगेसन मेनु

नेपालबाट भारतमा ११ अर्ब ८० करोडको बिजुली बिक्री
सम्पादक:南亚网络电视
लेखक: हिमालखबर
समय:2023-10-19 14:08

1596202945electric-line

नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् गत जेठ २८ बाट भारतीय बजारमा बिक्री गरिरहेको छ। चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज तीन महीनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। असोजमा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।

तीन महीनामा भारततर्फ निर्यात गरिएको विद्युत्‌को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ। गत जेठ महीनाका पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको थियो। जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युत्‌को औसत दर प्रतियुनिट नौ रुपैयाँ ६७ पैसा थियो।

साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ। तीन महीनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो।

साउन, भदौ र असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्‌को औसत बिक्रीदर प्रतियुनिट क्रमशः आठ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ। तीन महीनाको विद्युत् समग्र औसत बिक्रीदर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ। विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धा मार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ। एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करीब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्था हेर्दा यस वर्ष करीब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताए। “करीब १०० मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौं तर अहिलेसम्म स्वीकृति नपाएपछि केही अघि पुनः प्रस्ताव पठाएका छौं,” कार्यकारी निर्देशक घिसिङले भने।

चाडपर्व शुरू भएको कारण यस अवधिमा कलकारखाना बन्द हुँदा तथा काठमाडौंमा चिसो शुरू भइनसकेको एवं तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्‌को माग घट्ने अनुमान रहेको उनले बताए। यसो हुँदा भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युत्‌गृहहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। घिसिङले भने, “यस्तो अवस्थामा छिटै थप विद्युत् निर्यातका लागि स्वीकृति नपाए विद्युत् खेर जान्छ तर हामी थप विद्युत् निर्यातको अनुमति पाउनेमा विश्वस्त छौं।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर