नेभिगेसन मेनु

नेपालको नयाँ नक्सामा समेटिएको भूमिमा मोदीले भ्रमण गर्दा नेपालीलाई नै प्रवेश रोक
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-13 12:41

thumb (1)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुच्चे नक्साभित्र समेटिएको दार्चुलाको कालापानी क्षेत्रमा भ्रमण गरेका छन् । मोदीले बिहीबार नेपालको नक्सामा समेटिएको गुञ्जी र कुटीलगायत क्षेत्रमा भ्रमण गरेका हुन् । 

भारतीय अतिक्रमणमा रहेका नावी, गुञ्जी, कुटी नेपालले ०७७ मा जारी गरेको चुच्चे नक्साभित्र समेटिएका गाउँ हुन् । मोदीले गुञ्जीमा भेटघाट कार्यक्रम राखेका थिए । 

मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका थिए । स्थानीय पहिरनमा सजिएका मोदीले सौका समुदायसँग संवादसमेत गरे । मोदीको भ्रमण भएको ठाउँमा नेपालीलाई प्रवेशमा रोक लगाइएको थियो । नेपालीलाई सीतापुलभन्दा माथि जान रोक छ । नेपाल सरकारले ७ जेठ ०७७ मा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर चुच्चे नक्सा जारी गरेको थियो । 

नेपाली सुरक्षाकर्मी भने व्याँस गाउँपालिका– १ को छाँगरूमा बसेका छन् । छाँगरू कालापानीभन्दा १० किलोमिटर तलै पर्छ । नेपाल सरकारले चुच्चे नक्सा जारी गरेपछि व्याँसमा सशस्त्र प्रहरीको ४४ नम्बर गण राखेको छ । नेपाली सुरक्षाकर्मीसमेत कालापानीसम्म जान पाउँदैनन् । नेपाल सरकारले छाँगरूमा सशस्त्र प्रहरीका गुल्म तथा तिंकरमा बोर्डर आउट पोस्ट राखेको छ । यस्तै, कालापानीनजिकै रहेको कौवामा बिओपी राख्ने तयारी छ । 

मोदीको भ्रमणबारे नेपालको प्रशासनलाई भएन जानकारी

मोदीको भ्रमणबारे नेपालको प्रशासनलाई कुनै जानकारी गराइएन । त्यसबारे प्रशासनलाई औपचारिक जानकारी नरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । 

‘त्यस क्षेत्रका विषयमा हामीलाई जानकारी गराइँदैन, भारतीय प्रधानमन्त्री आउने भन्ने कुरा पनि हामीले हाम्रो आन्तरिक सुरक्षा संयन्त्रबाट थाहा पाएका हौँ,’ उनले भनिन्, ‘त्यसबाहेक अन्य धेरै जानकारी छैन ।’ 

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले पनि भारतीय प्रधानमन्त्रीको भ्रमणबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘मलाई यो भ्रमणबारे कुनै जानकारी आएको छैन,’ उनले भने ।

व्याँस गाउँपालिका– १ का वडाध्यक्ष अशोकसिंह बोहराले भारतीय प्रधानमन्त्री मोदीले गुन्जीमा भेटघाट तथा रोङकाङमा कार्यक्रम गरेको थाहा पाएको बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर