नेभिगेसन मेनु

चोरीमा बालबालिकाको संलग्नता बढ्दै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-29 13:39

chori-900x450

घोराही, असोज १२ गते । जिल्लामा बालबालिका चोरीको घटनामा संलग्न हुने क्रम बढ्दै गएको छ। अभिभावकको संरक्षण नहुनु, लागुऔषध दुव्र्यसनीदेखि अरूको देखासिकीका कारण पछिल्लो समय बालबालिका चोरीलगायत अरू आपराधिक कार्यमा संलग्न हुने क्रम बढ्दै गएको छ। प्रहरीका अनुसार बालबालिका स–सानादेखि ठुला चोरीका घटनामा समेत संलग्न हुने गरेको पाइएको छ। पसलका ढोका फुटाएर नगददेखि सामान चोरीका क्रममा ९ देखि १५ वर्षसम्मका बालबालिका प्रयोग भएको भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्ल बताउनुहुन्छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मल्ल अभिभावक गुमाएका, परिवारमा उचित रेखदेख नभएका, कुलतमा फसेका, साथीभाइको गलत सङ्गतमा लागेका धेरै जसो चोरीलगायत अपराध कर्ममा लाग्ने गरेको बताउनुहुन्छ। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय दाङमा पछिल्लो चार वर्षमा चोरीसम्बन्धी तीन सयभन्दा बढी उजुरी दर्ता भएका छन्। जसमा अधिकांश चोरीका घटना बालबालिकासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ मा चोरीसम्बन्धी ४० वटा, आव २०७७/७८ मा ५१ वटा चोरीका घटना दर्ता भएका छन् । आव २०७८/७९ मा ८५ वटा र आव २०७९/८० मा १३८ वटा गरी चार आव ३१४ वटा चोरीसँग सम्बन्धित घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । 

चोरीका घटना बढ्दै जानु, त्यसमा बालबालिकाको संलग्नता सबैभन्दा धेरै देखिनु डरलाग्दो भएको भन्दै प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, “समयमै सन्तानप्रति अभिभावक सचेत नहुने हो भने पछि झन् समस्या हुन सक्छ। बालबालिकाप्रति हरेक अभिभावक सचेत हुन आवश्यक छ।” प्रहरी नायब उपरीक्षक मल्लका अनुसार बालबालिका नगदसहित ल्यापटप, घडी, मोबाइल, सुनलगायतका वस्तु चोरी गर्ने गरेको पाइएको छ । पक्राउ परेका बालबालिकाको बयानका क्रममा धेरै जसो गरिबीका कारण चोरीमा संलग्न हुने गरेको पाइएको प्रहरी नायब उपरीक्षक मल्ल बताउनुहुन्छ । त्यससँगै बाबुआमा नहुनु, आमाबुवा भएकाले पनि संरक्षण नपाउनु, साथीभाइको सङ्गतसँगै लागुऔषध दुव्र्यनीका कारण पनि यस्ता कार्यमा लाग्ने गरेका छन् । 

केही ठाउँमा भने ठुला उमेरमा चोरले बालकलाई प्रयोग गरेर चोर्न लगाउने गरेको पनि पाइएको छ। उनीहरूमध्ये कतिपयलाई ठुलो उमेर समूहका चोरले खटाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। चोरेर ल्याएको ठुलो अंश आफूले लिने र बालबालिकालाई दिएर थप चोर्न उक्साउने गरेको पनि खुलेको छ। त्यससँगै साइबरमा खेल खेल्न, राम्रो कपडा लगाउन, मिठो खान, मोबाइल, ट्याबलेट बोकेर हिँड्न पनि चोरीमा बालबालिका पल्किएको अनुसन्धानले देखाउने गरेको उहाँ बताउनुहुन्छ । बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनस्र्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनुपर्नेमा आवश्यकता रहेको बताउनुहुन्छ । बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मे हुर्के पनि उनीहरूको आधारभूत आवश्यकता माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बाल अधिकारकर्मी बिकिरण गौतम बताउनुहुन्छ । बालबालिकाका लागि बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार उत्तिकै भए पनि सरोकार निकायको ध्यान पुग्न नसक्दा बालबालिका कालान्तरमा गलत बाटोमा लाग्ने अवस्था आउन सक्ने उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “बाल अधिकार महासन्धिले गर्भदेखि १८ वर्षसम्मका बालबालिकाको अधिकार मानेको छ। जसमा बाँच्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार, जन्मेपछि जन्मदर्ता, स्तनपान, नियमित स्वास्थ्य परीक्षण, उमेर अनुसारको सुरक्षित पौष्टिक आहार, सुरक्षित पानी, खोप तथा प्राथमिक उपचारलगायतका दीर्घजीवन तथा सर्वोत्तम हितको सिद्धान्तमा रहेर अभिभावकले बाँच्नका लागि आधारभूत आवश्यकताको व्यवस्था गर्नु पर्दछ ।”  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर