नेभिगेसन मेनु

प्रहरी तालिम केन्द्रमा ५० हजार बढीलाई तालिम
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 16:32

pogp3

बाँके, असोज ९ गते ।  नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) मा स्थापनाको ५७ वर्षको अवधिमा ५० हजार बढी प्रहरी कर्मचारीले विभिन्न प्रकारका तालिम प्राप्त गरेका छन् ।

तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले स्थापनायता हालसम्म  ६० हजार ४५३ जनालाई आधारभूत, उन्नत तथा अनुशिक्षण तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।

जसमध्ये २३ हजार ६३७ जना प्रहरी जवानलाई आधारभूत प्रहरी तालिम दिइ कार्यक्षेत्रमा पठाइएको छ । प्रहरी बरिष्ठ उपरीक्षक राठौरले भन्नुभयो, ‘‘अनुशासित एवम् कर्तव्यनिष्ठ भई देश र जनताप्रति वफादार रही कार्यक्षेत्रमा खटिने नवप्रवेशी प्रहरी कर्मचारीका लागि आधारभूत तालिम प्रदान गरिन्छ ।’’

५७ वर्षअघि प्रहरी सङ्गठनको आवश्यकता अनुसार नव नियुक्त भई आउने तथा सङ्गठनमा सेवारत सदस्यहरुलाई ब्यावसायिक ज्ञान, सिप र कौशल प्रदान गरी एक सक्षम र दक्ष प्रहरी तयार गर्न  विभिन्न आधारभूत तथा उन्नत तालिमहरु सञ्चालन गर्न तालिम केन्द्रको स्थापना गरिएको राठौरको भनाइ छ  ।  २०२३ सालमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रको रुपमा स्थापित यो तालिम केन्द्र २०३८ सालमा प्रशासनिक क्षेत्रीय पुनःसंरचनापछि मध्यपश्चिम प्रहरी तालिम केन्द्र र २०७५ चैत १५ देखि कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको रुपमा रहेको छ ।

तालिम केन्द्रका तालिम सयोजक प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले आधारभूत तालिमका प्रहरी जवानलाई चार चरणमा तालिम दिँदै आएको बताउनुभयो ।

नेपाल र नेपाल प्रहरी सङ्गठन परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र ऐन कानुन र प्रहरी नियुक्ति र कारवाही गरी पाँच विषयमा सैद्धान्तिक एवम् पेशागत कौशलताको प्रशिक्षण दिँदै आएको जानकारी दिनुभयो ।

२३४ दिनको प्रहरी जवान आधारभूत तालिम समाप्त भएपछि अभिभावक तथा परिवारका सदस्यहरुको उपस्थितिमा दिक्षान्त समारोह गरी कार्यक्षेत्रमा पठाउने गरिएको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले तालिम केन्द्र प्रदेशमै स्थानान्तरणको प्रक्रियामा रहेको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर