नेभिगेसन मेनु

मनाङमा पर्यटकलाई आकर्षित गर्ने तयारी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-10 13:08

Untitled-1 (8)

मनाङ, भदौ २४ गते । हिमालपारिको जिल्ला मनाङमा वर्षा ऋतुको अन्त्यसँगै पर्यटक भित्रिन थालेका छन् । पर्यटनको सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई मनाङमा देख्न सकिन्छ । यो वर्षको सिजन सुरु भएसँगै मनाङमा हालसम्म १४९ बाह्य पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) को तथ्याङ्कले देखाएको छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार चार सय बाह्य पर्यटक भित्रिएको एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । 

आन्तरिक तथा बाह्य पर्यटक आउने सिजन सुरु भएसँगै एक्यापको समन्वयमा जिल्ला सुरक्षा समितिले मुख्य मुख्य पर्यटकीय क्षेत्रको अनुगमन गरेको छ । अनुगमन टोलीले पर्यटकीय सुरक्षा, खाद्यान्न, बाटो तथा सञ्चार सेवा जस्ता विषयमा अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पर्यटक आगमन हुन थालेपछि सुरक्षित तवरबाट यात्रा गर्न सहज बनाउने उद्देश्यले अनुगमन गरिएको बताउनुभयो । 

तिलिचो तालको क्षेत्रमा बसेर प्राकृतिक दृश्यावलोकनका लागि बस्ने स्थान निर्माण गर्नुपर्ने देखिएको उहाँको भनाइ थियो । विशेष गरी पर्यटक आउँदा बाटोलाई सहज बनाउनु पर्छ भन्ने हेतुले अनुगमन गरिएको हो, एक पटक आएका पर्यटकलाई फेरि पनि लोभ्याउने गरी बाटो सुरक्षित बनाउन आवश्यक छ, बाटो सुरक्षित तवरबाट पार गर्न सहजीकरण गर्न एक्यापलाई आग्रह गरेको उहाँले बताउनुभयो ।  

मनाङको थोराङ्ला भन्ज्याङ, तिलिचो ताललगायतका महत्त्वपूर्ण पर्यटकीय स्थलमा घुम्न आउने पर्यटक बढ्न थालेका छन् । अप्ठ्यारो ओरालो बाटोमा सहज बनाएर हिँड्न मिल्ने बनाउनुका साथै ‘टी हाउस’ व्यवस्थित गर्नुपर्ने देखिएको छ । उहाँका अनुसार विदेशी पर्यटक ‘हाइअल्टिच्युट’ को अभ्यास गरी आउने गर्दछन् । जसले गर्दा उनीहरूमा समस्या कम देखिन्छ तर स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको प्रमुख भुजेलले बताउनुभयो । तिलिचो तालसम्म पुग्ने क्रममा ठाउँठाउँमा सार्वजनिक शौचालय, खानेपानी, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । 

हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भन्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लामा जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै यात्राको सुरुवात गर्न सकिन्छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर