नेभिगेसन मेनु

बर्दिया कारागारबाट फरार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-03 13:10

dndgh

बर्दिया, भदौ १७ गते । बर्दिया कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा विगत एक वर्ष देखि कैद भुक्तान गरी रहेका ठाकुर बाबा नगरपालिका –८ का २७ वर्षीय अजित बुढा क्षेत्री बर्दिया कारागारबाट फरार भएका हुन् । 

आज (आइतबार) बिहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष वि.क.ले बताउनुभयो । उहाँका अनुसार बुढा क्षेत्री गत एक वर्ष देखि बर्दिया कारागारमा कैद भुक्तान गरी रहेका थिए । 

अनुसन्धानको क्रममा बुढा क्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार भएको जानकारी पाउन साथ जिल्लाका विभिन्न स्थान र सीमावर्ती क्षेत्रमा खोज तलासका लागि प्रहरी टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीर राज शाहीले फरार भएको थाहा पाउनसाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो । उहाँले भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बल सँग समन्वय गरी हुलिया समेत पठाइएको जानकारी दिनुभयो । बर्दिया जिल्लाका छिमेकी जिल्लाहरूमा समेत हुलिया पठाएर खोजी कार्य गरेको उहाँले बताउनुभयो । 

२०७१ सालमा ठाकुर बाबा नगरपालिका ८ कै जोरा सिंह थापाको हत्याको अभियोगमा पक्राउ परेका थिए । अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत वर्ष पक्राउ परी कैद भुक्तान गरी रहेका थिए । उनलाई अदालतले ३० वर्षको कैद सजाय फैसला गरेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर