नेभिगेसन मेनु

बालिका मृत्यु प्रकरण : स्वास्थ्यकर्मीको पहिलो चरणको बयान सकियो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-01 15:24

dharna-gulmi

तम्घास, भदौ १५ गते । गत मङ्गलबार गुल्मी अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएपछि गठित छानबिन समितिले उपचारमा खटिएका स्वास्थ्यकर्मीको पहिलो चरणको बयान सकेको छ ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले उपचारका लागि खटिएका स्वास्थ्यकर्मीको बयान लिएको हो ।

उपचारको क्रममा तयार भएका सबै डकुमेन्ट हेर्ने, सिसिटिभी फुटेज हेर्ने, प्रत्यक्षदर्शीलाई सोधपुछ गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको बयान लिने काम भइसकेको छानबिन समितिका संयोजक गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

आफूहरुले सत्यतथ्यलाई बुझेर जतिसक्दो छिटो प्रतिबेदन बुझाउने गरी काम गरिरहेको प्रजिअ गैरेले बताउनुभयो ।

गुल्मी अस्पतालमा गत मङ्गलबार बिहान उपचारको क्रममा अर्घाखाँचीको छत्रदेब गाउँपालिका–७ काउलेकी सात वर्षीया बालिका प्रशंसा मरासिनीको मृत्युु भएको थियो । सामान्य पेट दुखेर अस्पताल ल्याएको र मङ्गलबार बिहानसम्म चिया बिस्कुट खान्छु भन्ने छोरीको अस्पतालको लापरबाहीका कारण मृत्युु भएको आफन्तको आरोप छ ।

बालिकाको मृत्युपछि आफन्तहरुले मङ्गलबार दिनैभर गुल्मी अस्पताल र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए । आन्दोलनपछि सरोकारवाला निकायको छलफलले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । धर्नाको क्रममा मृतकका आफन्तहरुले जिल्ला प्रशासन अगाडि टायर बालेर धर्ना दिएका थिए । टायर बाल्ने क्रममा आगोमा जलेर अर्घाखाँचीका तीन जना युवा घाइते भएका थिए । उनीहरुको गुल्मी मोडेल अस्पतालमा सामान्य उपचार पछि अहिले  पाल्पामा उपचार भइरहेको छ ।

मृतक बालिकाको पोष्टमार्टमपछि अन्त्येष्टि गरिसकिएको छ । छानबिन निष्पक्ष हुनुपर्ने र दोषीमाथि कडाभन्दा कडा कारवाही हुनुपर्ने मृतकका आफन्तहरुको माग रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर