नेभिगेसन मेनु

तीजमा तडकभडक कार्यक्रम गर्नेलाई कारवाही
सम्पादक:南亚网络电视
समय:2023-09-02 16:54

ण

तौलिहवा, भदौ १५ गते । कपिलबस्तु जिल्ला प्रशासन कार्यलयले तीजलाई लक्षित गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । शुक्रबार सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शंकरहरि आचार्यले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्धन गर्ने बाहेकका कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो ।

विगत केही वर्ष यता तीज पर्व मनाउने नाममा अत्यन्त खर्चिला तथा तडकभडक कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसङ्गति एवम् सामाजिक अपराधलाई प्रोत्साहन पुगेको प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसलगायतका अन्य स्थानमा कानुनविपरीत रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना नगर्न प्रशासनले निर्देशन दिएको छ । 

प्रशासनले जारी गरेको सूचनामा कसैले सूचनाविपरीत गरे–गराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख गरिएको छ । हिन्दु महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ । तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर सुरु भएको छ । हरितालिका तीज व्रतको अघिल्लो दिन दर खाने चलन छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर