नेभिगेसन मेनु

गाउँमा लुटपाट गर्ने तीन जना शङ्कास्पद व्यक्ति पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-19 13:30

dvadfvb

खजुरा, असोज २ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

“आइतबार राति उक्त गाउँमा पुगी लुटपाट मच्चाएको आशङ्कामा तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेका छौँ, उनीहरूबाट लुटिएको सामान फेला परेको छैन, सोधपुछ र अनुसन्धान गर्दैछौं ।” प्रहरी प्रवक्ता डाँगीले भन्नुभयो ।

राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति हतियारसहित आएको १०–१२ जनाको समूहले स्थानीय धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, दुई लाख ५० हजार नगद र दुई वटा खसी र एउटा बोका लुटेर लगेका थिए ।

राति नै प्रहरीलाई खबर गरे पनि समयमै नपुगेका कारण लुटेराहरू सजिलै भागेको पीडित धनबहादुर  लामिछाने मगरले बताउनुभयो ।

राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्ती सोनारी गाउँपालिका–७ को विकट क्षेत्रमा पर्दछ । फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्ने भए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित बेतहनी प्रहरी चौकीबाट नजिक पर्ने वडाध्यक्ष थारुले जानकारी दिनुभयो ।

२०–३० वर्ष उमेर समूहका लुटेराहरूले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताउनुभयो । गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर