नेभिगेसन मेनु

विद्युतीय सवारीप्रति बढ्दै आकर्षण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:48

sdhsf

घोराही, भदौ १९ गते । घोराही निवासी वसन्त जोशी करिब एक वर्षदेखि विद्युतीय गाडी चढ्दै आउनुभएको छ । निजी प्रयोजनका लागि विद्युतीय कार किन्नुभएका जोशीलाई विद्युतीय गाडी किनेपछि तेल सकिएला र मूल्य बढ्ला भन्ने चिन्ता छैन । 

छोटो दुरीको यात्रा गर्दा घरमै चार्ज गर्ने जोशीलाई पछिल्लो समय लमहीमा विद्युतीय चार्जिङ स्टेसन निर्माण भएपछि लामो दुरीमा यात्रा गर्दा चार्ज गर्न मिल्ने भएपछि थप सहजता भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “इन्धनबाट चल्ने गाडी प्रयोग गर्दा खर्च धेरै हुने गरेको थियो । त्यसको तुलनामा विद्युतीय गाडी चढ्न थालेपछि खर्च घटेको छ ।” उहाँका अनुसार विद्युतीय गाडी चार्जिङ स्टेसनमा चार्ज गर्दा पेट्रोलको तुलनामा आधा रकम बचत हुने गरेको छ । 

गाडी सर्भिसिङ गर्दा पनि खर्च कम हुने गरेको भन्दै जोशीले भन्नुभयो, “दैनिक २५ देखि ६० किलोमिटरसम्म यात्रा गर्नुपर्ने हुन्छ, त्यतिमा मेरो खर्च डेढ सय रुपियाँ जति हुन्छ ।” विद्युतीय कार घरमै पनि चार्ज गर्न मिल्ने भएकाले प्रायः घरमै चार्ज गर्ने गरेको भन्दै उहाँले टाढाको यात्रा गर्नुपर्दा वा विद्युत् काटिने अवस्थामा मात्रै चार्जिङ स्टेसनमा पुगेर गर्ने गरेको बताउनुभयो । 

जोशी जस्तै तुलसीपुरका व्यवसायी विमल पौडेल पनि सार्वजनिक यातायातमा दुई वटा विद्युतीय माइव्रmोबस चलाउँदै आउनुभएको छ । उहाँका दुई वटा गाडीमध्ये एउटा गाडी तुलसीपुरबाट नेपालगन्जसम्म र अर्को गाडी तुलसीपुरबाट बुटवलसम्म चल्न थालेका छन् । तुलसीपुर–नेपालगन्ज ११६ किलोमिटर र तुलसीपुर–बुटवल १७५ किलोमिटर दुरीमा विद्युतीय गाडी राम्रै चलेको पौडेल बताउनुहुन्छ । दुई वटै गाडी रातको समयमा प्रायः घरमै चार्ज गर्ने गर्ने पौडेलले स्टेसनमा पूरा चार्ज गर्दा नेपालगन्ज जाने गाडीका लागि बढीमा एक हजार रुपियाँ र बुटवल जाने गाडीका लागि बढीमा एक हजार पाँच सय रुपियाँ चार्जिङ शुल्क लाग्ने गरेको छ । 

लमहीमा विद्युतीय चार्जिङ स्टेसन निर्माण भएपछि थप सहज विद्युतीय गाडीको प्रयोगले पैसाको बचतसँगै वातावरण संरक्षणमा समेत सहयोग निजी विद्युतीय कार २४ र ६२ वटा विद्युतीय स्कुटर दर्ता 

व्यवसायी पौडेल भन्नुहुन्छ, “पेट्रोल हाल्नु परेको भए नेपालगन्ज जाँदा र फर्किंदा कम्तीमा तीन हजार पाँच सय रुपियाँ र बुटवल जान आउन पाँच हजार रुपियाँ लाग्ने थियो तर विद्युतीय चार्जिङ गर्दा कम लाग्ने गर्दछ ।” विद्युतीय गाडीको प्रयोगले पैसाको बचतसँगै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने गरेको उहाँ बताउनुहुन्छ । सडकका विभिन्न ठाउँमा परेका खाल्टाखुल्टीका कारण भने समस्या हुने गरेको उहाँको गुनासो छ । पौडेलका अनुसार त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा आबद्ध भएर हाल नौ वटा गाडी चल्ने गरेका छन् । उहाँका अनुसार सुरुमा विद्युतीय गाडी खरिदमा केही बढी खर्च भए पनि इन्धनको बचतका कारण फाइदा हुन्छ । 

सरकारले विद्युतीय गाडी प्रयोगलाई प्राथमिकता दिएर ठाउँठाउँमा चार्जिङ स्टेसन निर्माण गरेपछि पछिल्लो समय जिल्लामा विद्युतीय गाडी प्रयोगको बढ्दै गएको छ । लमहीमा विद्युत् प्राधिकरण र तुलसीपुरमा निजी लगानीमा विद्युतीय चार्डिङ स्टेसनको व्यवस्था छ । यी स्टेसनमा सामान्य अवस्थामा प्रतियुनिट छदेखि १० रुपियाँ शुल्क लाग्ने गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणले दाङको लमहीमा दुई वटा चार्जिङ स्टेसन निर्माण गरेर गएको जेठदेखि सञ्चालनमा ल्याएको छ । लमही नगरपालिकाको बसपार्कमा एसियाली विकास बैङ्क र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा करिब डेढ करोड रुपियाँमा चार्जिङ स्टेसन निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने बताउनुहुन्छ । लमहीको बसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसनले स्थानीयसँगै पूर्वपश्चिम राजमार्गमा चल्ने विद्युतीय सवारीसाधनलाई सहजता भएको लामिछाने बताउनुहुन्छ । 

प्रमुख लामिछानेले भन्नुभयो, “लमहीमा चार्जिङ स्टेसन नहुँदा निजी सवारीसाधन घरमै चार्ज गर्न सकिने भए पनि सार्वजनिक सवारीसाधनलाई चार्ज गर्नका लागि समस्या थियो । त्यो समस्या अहिले हटेको छ ।” उहाँका अनुसार दुई वटा चार्जिङ स्टेसनमा एकसाथ छ वटा गाडी चार्ज गर्न मिल्ने सुविधा छ । पछिल्लो समय लमही स्टेसनबाट दैनिक १८ देखि २० वटा साना ठुला गाडीले चार्जिङ सेवा लिने गरेका छन् ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख रमेश गौतमका अनुसार कार्यालयमा निजी विद्युतीय कार २४ र ६२ वटा विद्युतीय स्कुटर दर्ता भएका छन् । त्यसै गरी रिक्साको सङ्ख्या तीन हजार सात सयभन्दा बढी रहेको छ । तर ठुला गाडी बाहिर नै दर्ता हुने भएर आउने भएकाले कार्यालयमा डाटा नभएको कार्यालय प्रमुख गौतमले बताउनुभएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर