नेभिगेसन मेनु

भारतलाई आठौं पटक एसिया कप उपाधि
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2023-09-18 18:08

1694998506_दबक-1200x560

तीव्र गतिका बलर मोहम्मद सिराजको सम्झन लायक बलिङमा भारतले आइतबार फाइनलमा श्रीलंकामाथि १० विकेटको जित निकाल्दै आठौं पटक एसिया कपको उपाधि उचालेको छ।

एकै ओभरमा चार विकेट लिएका सिराजले ६/२१ को उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। उनकै प्रदर्शन प्रेरणामा भारतले घरेलु टोली श्रीलंकालाई ५० रनको झीनो योगफलमा रोक्न सफल भयो। जबाफी ब्याटिङ गरेको भारतले ओपनर ईशान किसन र शुभमन गिलको अविजित इनिङमा ६.१ ओभरमै लक्ष्य पूरा गर्‍यो।

यो प्रदर्शनले भारतलाई घरेलु मैदानमा आगामी महिनादेखि सुरु हुने एकदिवसीय विश्वकपमा बलियो आत्मबल पनि प्रदान गर्नेछ। श्रीलंकाले ५० ओभरको प्रतिस्पर्धामा बिर्सनलायक ब्याटिङ गर्‍यो र घरेलु समर्थकले भरिएको फाइनल ११६ मिनेटमै सकियो।

वर्षाका कारण ढिलागरी भएको फाइनलमा श्रीलंकाले नै पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो जुन, घरेलु टोलीका लागि गलत साबित भयो। तीव्र गतिका बलर जसप्रीत बुमराहले ओपनर कुशल परेरालाई इनिङको तेस्रो बलमै आउट गर्दै श्रीलंकालाई ठूलो झड्का दिए।

दोस्रो ओभरमै बलिङ गर्न आएका सिराजले बल राम्रोसँग स्विङ गराउँदै मेडन राखे। साथै उनले उत्कृष्ट बलिङ प्रदर्शनलाई निरन्तरता दिँदै एकदिवसीयमा आफ्नो पछिल्लो ४/३२ को रेकर्ड पनि सुधार गरे। सिराज चौथो ओभरमा बलिङ गर्न आए र घरेलु इनिङलाई धराशयी बनाए।

यो ओभरको पहिलो बलमै सिराजले पथुम निसन्कालाई दुई रनमा आउट गर्दै राम्रो सुरुआत गरे। त्यसपछि उनले तेस्रो र चौथो बलमा क्रमशः सदिरा समाराविक्रमा र चरिथ असलन्कालाई शून्यमै पभेलियन फर्काउँदै ह्याट्रिकको अवसर बनाए। तर, पाँचौं बलमा उनी ह्याट्रिक पूरा गर्न असफल भए।

छैटौं बलमा उनले धनञ्जय डी सिल्भालाई आउट गर्दै एकै ओभरमा चार विकेट पूरा गरे। सिराजले श्रीलंकाका कप्तान दसन सनकालाई शून्यमै पवेलियन फर्काउँदै आफ्नो पाँचौं विकेट लिए। यससँगै एकदिवसीयमा उनले छिटो पाँच विकेटको रेकर्ड बनाए। उनले १६ बलमा नै यो आँकडा बनाएका हुन्।

कुशल मेन्डिसले तीन बाउन्ड्री प्रहार गर्दै आक्रामक ब्याटिङ गर्ने प्रयास गरे। तर, उनले कुशललाई आउट गर्दै आफ्नो छैटौं विकेट पूरा गरे। तथापि, श्रीलंकाले एकदिवसीयमा अहिलेसम्मकै झीनो योगफलमा सीमित हुनबाट भने आफूलाई बचायो।

जिम्बाब्वेको नाममा ३५ रनको झीनो योगफल छ। भारतका विराट कोहलीले ओभर थ्रो गर्दा श्रीलंकाले आफ्नो पछिल्लो खराब रेकर्ड (सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ४३ रन) पार गर्न सफल भएको थियो। भारतको बलिङमा हार्दिक पाण्डेले थप तीन विकेट लिँदै श्रीलंकाको इनिङलाई ९० मिनेटमा नै समेटे।

मेन्डिसको १७ रन र दुसन हेमन्थाको १३ रन नै श्रीलंकाको लागि दोहोरो अंकको रन रह्यो। उसका पाँच ब्याट्सम्यान शून्यमै पभेलियन फर्किए। जबाफी ब्याटिङमा शुभमनले २७ रन र ईशानले २३ रनको अविजित इनिङ बनाउँदै सहज जित निकाले। पछिल्लो संस्करणको ट्वान्टी–२० फरम्याटको एसिया कप जितेको श्रीलंकाले यस पटक फाइनलमा भने बिर्सनलायक प्रदर्शन गर्‍यो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर