नेभिगेसन मेनु

अकबरे खुर्सानीले बाँदरको हैरानीबाट मुक्त
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-18 11:50

Untitled-1 (1)

पाल्पा, भदौ १ गते । दुई/तीन वर्षअघिसम्म बाँदरको आतङ्कले गाउँ छाड्न लागेका किसान यतिबेला भने गाउँमै खुसी छन्। मकै तथा अन्य बाली बाँदरबाट जोगाउन नसकेका यहाँका किसानलाई अकबरे खुर्सानी खेतीले खुसीसँगै गाउँमै बस्ने आधार दिएको छ। 

बारीमा मकै, तरकारी तथा बाली लगाउँदा बाँदरबाट जोगाउने अवस्था थिएन। अहिले अकबरे खुर्सानी खेतीले श्रम र लगानी जोगिएको रिब्दीकोट–४, भैरवस्थानका किसानको भनाइ छ। स्थानीय किसान इशा गौतमले अकबरे खुर्सानी लगाएपछि बाँदरको हैरानीबाट मुक्त भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई वर्षअघिसम्म मकै खेती गर्दा बाँदरबाट जोगाउनै मुस्किल थियो, बाँदरले गर्दा गाउँ छाड्ने हो कि भन्ने चिन्ता थियो तर मकै खेती छाडेर खुर्सानी खेती गरेपछि बाँदरको नोक्सान सहन परेको छैन।” अकबरे खुर्सानी खेतीबाट मकैको तुलनामा पाँच गुणा फाइदा भएको उहाँको भनाइ छ। 

गौतम मात्रै होइन भैरवस्थानका अन्य ६५ भन्दा बढी किसान पनि अकबरे खुर्सानी खेतीमा लाग्दा खुसी छन्। स्थानीय किसान तेजकुमार श्रेष्ठले अकबरे खुर्सानीले राम्रो भाउ पाउँदा किसानलाई मकै खेतीबाट बेहोरेको क्षति भुल्न थालेको बताउनुभयो। किसानलाई अकबरे खुर्सानीले राहत दिएको श्रेष्ठको भनाइ छ। पहाडमा बाँदर, दुम्सी तथा बँदेलले बाली खाएर धेरै मानिस बसाइँसराइ गरिरहेका बेला यहाँका किसानलाई अकबरे खुर्सानीले गाउँमै बस्ने वातावरण बनाएको श्रेष्ठले बताउनुभयो। पहिले बाँदरबाट पीडित ६५ घरधुरी किसानले अहिले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरेका छन्। गाउँपालिकाले समेत अकबरे खुर्सानी खेती गर्ने किसानलाई प्रोत्साहन गरिरहेको छ। किसान र गाउँपालिकाको संयुक्त लगानीमा अकबरे खुर्सानीको व्यावसायिक खेती गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो। बाँदरबाट अन्य खेतीलाई जोगाउन मुस्किल भएपछि धेरै किसानलाई अकबरे खुर्सानी खेतीमा लाग्न सहयोग गरिएको उहाँले बताउनुभयो। 

बजारमा अकबरे खुर्सानी बिक्री गर्न सहज छ। पछिल्लो समय अकबरे खुर्सानी चाउचाउ उद्योगसम्म लैजाने व्यक्तिसमेत सम्पर्कमा आएका छन्। यसैले अकबरे खुर्सानीले राम्रो बजार पाएको किसानको भनाइ छ। यो वर्ष किसानले खुर्सानी प्रतिकिलो ८० देखि १२० रुपियाँमा बिक्री गरिरहेका छन्। एक रोपनी बारीमा एक हजार अकबरे खुर्सानीका बोट हुर्किरहेका छन्। गाउँपालिकाकी कृषि प्राविधिक सविता थापाले एउटै बोटमा दुईदेखि तीन किलो अकबरे खुर्सानी फल्ने गरेको बताउनुभयो। चार/पाँच रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका किसानले पाँच लाख रुपियाँसम्म आम्दानी गरेको उहाँले जानकारी दिनुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर