नेभिगेसन मेनु

ऐतिहासिक थारू गाउँ संरक्षण गर्न उज्यालो अभियान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-23 12:06

Untitled-1 (5)

बुटवल, भदौ ६ गते । रूपन्देहीको सैनामैना नगरपालिकाले पुराना तथा ऐतिहासिक थारू गाउँको विकास तथा संरक्षण गर्ने उद्देश्यले उज्यालो अभियान सुरु गरेको छ।

नगरपालिकाले पाँच वटा पुराना थारू गाउँ सालझन्डीको बिचौवापुर, पर्रोहाको पर्रोहा गाउँ, बुद्धनगरको पकलभेडवा, रामापुरभित्रको भड्छा र ताली गाउँलाई उज्यालो गाउँ बनाउने अभियान सुरु गरेको हो। 

सो अभियान सञ्चालनका लागि गत वर्षदेखि बजेट उपलब्ध गराएर धमाधम निर्माणको काम भइरहेको पालिकाले जनाएको छ। सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार नहुँदा वर्षायाममा यहाँ घुँडा घुँडासम्म हिलोमा हिँड्नुपर्ने बाध्यता छ। 

अब उज्यालो गाउँ अभियानले गाउँसम्मै पिच सडक र बिजुली पु-याउने काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।  सैनामैना नगरपालिका–११ मा पर्ने बिचौवापुर गाउँ थारू समुदायको बसोबास रहेको ऐतिहासिक र पुरानो गाउँ हो। 

पहिले यो गाउँ विकासको पूर्वाधारका दृष्टिले निकै पछि थियो। पछिल्लो समय सैनामैना नगरपालिकाले यो गाउँको मुहार नै परिवर्तन गर्ने उद्देश्यले उज्यालो गाउँ बनाउने अभियान थालेको हो। 

गत वर्षको नीति तथा कार्यक्रमबाट बिचौवापुर गाउँलाई उज्यालो गाउँका रूपमा विकास गर्ने योजना अनुसार निर्माणको काम भइरहेको छ। स्थानीय अनिता थारूले अघिल्लो वर्ष निर्वाचित भएका जनप्रतिनिधिले गाउँको विकास गर्न तत्परता देखाएको बताउनुभयो। 

बिचौवापुर गाउँलाई उज्यालो बनाउने अभियान अन्तर्गत सडकमा ब्लक बिछ्याउने काम जारी छ। स्थानीयका अनुसार गाउँको विकासका लागि अझै धेरै गर्नुपर्ने छ। बिजुलीका पोल पुराना भएका छन्। तिनको सट्टा ठूला पोल आवश्यक छ। 

स्थानीय थारू अगुवा परशुराम चौधरीका अनुसार बिचौवापुर गाउँ आफूहरूका बाबु, बाजे र जिजुबाजेभन्दा अघिदेखि नै थारू बस्तीका रूपमा विकास भएको थियो। उचित संरक्षणको अभावमा यो गाउँ ओझेलमा परेको हो।

सो गाउँका लागि २० लाख बजेट परेको छ। सैनामैना नगरपालिकाका उपप्रमुख बीना रानाले सैनामैनाका पुराना र ऐतिहासिक थारू गाउँको विकास गर्ने उद्देश्यले उज्यालो गाउँ बनाउने अभियान नीति तथा कार्यक्रममै समावेश गरी काम सुरु गरिएको बताउनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर