नेभिगेसन मेनु

निर्माण कम्पनीलाई जरिबाना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-21 15:50

Untitled-1

बुटवल, भदौ ४ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाले समयमै काम पूरा नगर्ने निर्माण कम्पनीलाई जरिबाना गरेको छ। निर्माण व्यवसायीले कुनै पनि आयोजना समयमै सम्पन्न नगर्ने, काम पर धकेल्ने र योजनाको लागत बढाउने गरेको गुनासो बढिरहेको बेला समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई जरिबाना गरिएको छ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको पछिल्लो विकास निर्माणको सक्रियताले कञ्चन गाउँपालिका आर्थिक अनुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको बाटोमा अघि बढेको बताउनुभयो। उहाँले गाउँपालिकाले पछिल्लो समय देखाएको सक्रियताले कञ्चनको विकासमा ठुलो परिवर्तन आउने बताउनुभयो। 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिविरुद्ध पालिका निर्मम भएर प्रस्तुत हुने बताउनुभयो। छ वटा निर्माण कम्पनीलाई पहिलो पटक भएकाले पाँच सयदेखि पाँच हजारसम्म जरिबाना गरिएको हो। कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले पालिकाले आर्थिक अनुशासन, खर्चमा मितव्ययी, भ्रष्टाचारविरुद्ध सुन्य सहनशीलताको नीति अविम्बन गरेर अघि बढेको बताउनुभयो। 

उहाँले वित्तीय अनुशासनलाई कडाइसाथ पालना गर्दै बेरुजु कम गर्ने अभियानमा पालिकाको ध्यान गएको बताउनुभयो। उता कञ्चनका स्थानीयले समेत जनप्रतिनिधि निर्वाचित भएर आएको करिब डेढ वर्षको बिचमा कञ्चनमा सुशासन र विकासका सवालमा परिवर्तन भइरहेको अनुभूति भएको बताएका छन्। 

पछिल्ला दिनमा कञ्चन गाउँपालिकामा पूर्वाधार विकास र निर्माणका काम भइरहेको छ। त्यसमाथि पालिकाले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न दबाब नै दिने गरेको छ। पालिकाको पछिल्लो निर्णयले ठेक्काको काम गर्नेहरूलाई समेत काम छिटो गर्न दबाब बढेको छ। 

प्रवक्ता तुलाचनका अनुसार सेवाग्राहीलाई पटक पटक गाउँपालिकासम्म आउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले एक लाख वा सोभन्दा कम रकम विनियोजन भएका योजना तथा कार्यक्रमको हकमा गाउँपालिकाबाट अधिकार प्रत्यायोजन गरेर वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाइएको छ। अहिले गाउँपालिकाको कार्यकक्षमा सेवाग्राही सहायता कक्षको स्थापना गरी सेवाग्राहीलाई सहज तरिकाले सेवा प्राप्त हुने वातावरण पालिकाले मिलाइएको पालिकाले जनाएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर